काठमाडौं। कोरोना महामारीका कारण गत चैतदेखि चलचित्रको प्रदर्शन रोकिनुका साथै छायांकन समेत बन्द छ।
तर, केही चलचित्रले भने दशैंलाई लक्षित गरेर प्रदर्शनको तयारी गरेका छन्। चलचित्र हल खुल्ने टुंगो नभए पनि चलचित्रल 'लक्ष्मीपूजा' र 'लक्का जवान' दशैंमा प्रदर्शनमा ल्याउनेगरी निर्माण पक्षले तयारी गर्दै आएको छ।
शोभित बस्नेतको निर्माणमा छायांकन भइरहेको चलचित्र ‘लक्ष्मीपूजा’ यही दशैंमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको हो। समीर मियाँको निर्देशन रहेको फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको अभिनय छ। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन्। उक्त चलचित्रको यतिबेला छायांकन भइरहेको छ।
चलचित्र क्षेत्रमा लागेको प्रतिबन्ध हटेको खण्डमा दशैंमा रिलिज गर्ने शोभितले बताए।
त्यस्तै शिवहरी पौडेलको निर्देशनमा बनेको चलचित्र 'लक्का जवान' पनि दशैं-तिहारलाई लक्षित गरेर प्रदर्शनमा ल्याउने तयारी छ। गत चैत ११ गतेदेखि प्रदर्शनमा आउने तयारी भएको उक्त चलचित्र अन्तिममा रोकिएको थियो।
हाँस्य कलाकार शिवहरीको डेब्यू निर्देशनमा रहेको यो चलचित्र प्रदर्शनको वातावरण बनेको खण्डमा दशैं वा तिहारमा प्रदर्शनमा ल्याइने तयारी छ। "हाम्रो चलचित्र तयार छ। प्रदर्शनको अनुमति मिल्यो र सुरक्षित हुने महशुस भयो भने रिलिज गर्छौं," उनले भने।
लक्क जवानमा किरण केसी, दीलिप रायमाझी, सुरेन्द्र केसी, शिवहरी पौडेल, सलोन बस्नेत, राजाराम पौडेल, वर्षा सिवाकोटी, प्रियंका कार्की लगायतको कलाकारको अभियन छ। पाका उमेरमा मानिसहरूको कथामा बनेको यो चलचित्र कमेडी शैलीको छ।
" /> काठमाडौं। कोरोना महामारीका कारण गत चैतदेखि चलचित्रको प्रदर्शन रोकिनुका साथै छायांकन समेत बन्द छ।तर, केही चलचित्रले भने दशैंलाई लक्षित गरेर प्रदर्शनको तयारी गरेका छन्। चलचित्र हल खुल्ने टुंगो नभए पनि चलचित्रल 'लक्ष्मीपूजा' र 'लक्का जवान' दशैंमा प्रदर्शनमा ल्याउनेगरी निर्माण पक्षले तयारी गर्दै आएको छ।

">