काठमाडौं। बलिउड मोडल पुनम पाण्डेका पति श्याम बम्बेलाई प्रहरीले पक्राउ गरेको छ।
श्यामविरुद्ध पुनमले शारीरिक शोषण गरेको भन्दै उत्पीडन र कुटपिटको मुद्दा दर्ता गरेकी थिइन्। उनीहरूले १२ दिन अघि मात्रै विवाह गरेका थिए।
दक्षिण गोवाको कानाकोना गाउँबाट उनलाई पक्राउ गरिएको भारतीय न्यूज एजेन्सी एएनआईले जनाएको छ। पुनम पाण्डे एक फिल्मको सुटिङका लागि त्यहाँ पुगेकी थिइन्। तर, केही सञ्चारमाध्यमले भने उनी हनिमुन मनाउँन त्यहाँ पुगेको बताएका छन्।
दक्षिण गोवाका एसपी पंकजकुमार सिंहले गिरफ्तारीपश्चात् उनको मेडिकल परीक्षण गरिएको जानकारी दिए।
१० सेप्टेम्बरमा विवाह गरेकी पुनमले सामाजिक सञ्जालमा विवाहको तस्वीर राख्दै 'तिमीसँग सात जन्म बिताउने आशामा' लेखेकी थिइन्।
लकडाउन उल्लघंन गरेको आरोपमा मुम्बई प्रहरीले यसअघि पनि उनीहरूलाई पक्राउ गरेको थियो।
" /> काठमाडौं। बलिउड मोडल पुनम पाण्डेका पति श्याम बम्बेलाई प्रहरीले पक्राउ गरेको छ।श्यामविरुद्ध पुनमले शारीरिक शोषण गरेको भन्दै उत्पीडन र कुटपिटको मुद्दा दर्ता गरेकी थिइन्। उनीहरूले १२ दिन अघि मात्रै विवाह गरेका थिए।

">