काठमाडौं। अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछिको छानविनको क्रममा बलिउडमा लागुऔषध प्रकरणले चर्चा पाएको छ। चर्चित बलिउडकर्मीमाथि लागूऔषधको ओसारपसार तथा प्रयोगकर्ताको आरोप लाग्दै आएका छ।
नायिका रिया चक्रवर्तीमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गरिरहेको छ। उनीसँगै भाई शौविक तथा सुशान्तका पूर्वम्यानेजरसहित ७ जनामाथि अनुसन्धान भइरहेको छ।
अभिनेत्री कंगना रनौतले यो विषयलाई जोडदार रूपमा उठाइरहेकी छिन्। उनले थुप्रै बलिउडकर्मीमाथि अनुसन्धान गर्नुपर्ने बताउँदै आएकी छिन्।
निर्माता, लगानीकर्तादेखि लिएर नायक-नायिका समेत यसमा मुछिएका छन्। ब्यूरोले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै थप अनुसन्धान गर्ने संकेत गरेको छ।
दीपिका पादुकोण
नायिका दीपिका पादुकोण पनि लागुऔषधमै मुछिएकी छिन्। अहिले उनको ह्वाट्सएप च्याटको स्क्रिनसट भाइरल बनेको छ। दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशबीचको लागुऔषधबारेको कुराकानी भएको च्याट सार्वजनिक भएको हो।
त्यही च्याटका आधारमा ब्यूरोले दुवैजनामाथि सोधपुछ गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ब्यूरोले दीपिकालाई डी र करिश्मालाई के नाम कोड दिएको छ।
दीपिकाको म्यानेजरको रूपमा काम गरेकी करिश्मा एक कम्पनीमा काम गर्छिन्। रियाकी म्यानेजर जया साहा पनि त्यहि कम्पनीमा काम गर्छिन्। जया करिश्माकी सिनियर हुन्। ब्यूरोले जयासँग भने सोधपुछ गरिरहेको छ। त्यही आधारमा दुवै जनाबीचको सम्बन्धबारे थाहा भएको हो।
रकुल प्रीत सिंह
बलिउडकी अर्की नायिका रकुललाई पनि छानविन गर्न सक्ने बताइएको छ। आफ्नो नाम मुछिएपछि रकुलले दिल्ली उच्च अदालतमा मुद्दा समेत दायर गरेकी थिइन्। उनले आफूमाथी लागेको आरोप गलत भएको र बदनाम गराउन खोजेको भन्दै आफ्नो अपमान गर्नेमाथि कारबाहीको माग गरेकी छिन्।
सारा अलि खान
रियाको भनाई अनुसार अभिनेत्री सारा अलि खान पनि यो प्रकरणमा मुछिएकी छिन्। चलचित्र 'केदारनाथ' को छायांकनका क्रममा साराले लागुऔषध प्रयोग गर्ने रियाले बताएकी थिइन्।
साराले त्यो बेला सुशान्तसँग मिलेर गाँजा खाने गरेको र तौलसमेत बढेको रियाको आरोप छ।
" /> काठमाडौं। अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछिको छानविनको क्रममा बलिउडमा लागुऔषध प्रकरणले चर्चा पाएको छ। चर्चित बलिउडकर्मीमाथि लागूऔषधको ओसारपसार तथा प्रयोगकर्ताको आरोप लाग्दै आएका छ।नायिका रिया चक्रवर्तीमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गरिरहेको छ। उनीसँगै भाई शौविक तथा सुशान्तका पूर्वम्यानेजरसहित ७ जनामाथि अनुसन्धान भइरहेको छ।

">