काठमाडाैं। बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लागेको छ।
उक्त आरोप अब अदालतसम्म पुग्दैछ। यौन शोषण गरेको आरोप लगाउँदै अभिनेत्री पायल घोष अदालत पुग्ने तयारी गरेकी छन्।
आरोपसँगै चलचित्रकर्मी पनि दुई ध्रुबमा देखिएका छन्।
अनुरागकी पूर्वपत्नी आरती बजाज भने उनको पक्षमा देखिएकी छन्।
आरोप लगाउनुभन्दा पहिला १० पटक सोच्न पायललाई आरतीले भनेकी छन्।
अनुरागको ट्वीटको स्क्रिनसट सेयर गर्दै उनले लेखिन्, “म जेठी श्रीमती हुँ। अनुराग तपाईं एक रकस्टार हुनुहुन्छ। महिलालाई सधैं झैं सशक्त गराइरहनुहोस् र उनका लागि सबैभन्दा सुरक्षित स्थान बनाइरहनुहोस्। म यो सबै कुरा हाम्रा छोरीका लागि देख्छु। यहाँ कोही पनि इमान्दार छैनन् र संसार हारेका र दिमाग नभएका मानिसहरूले भरिएको छ।”
उनले घृणाका लागि लाग्ने ऊर्जा यदि कोही राम्रा काममा लगाउने हो भने संसार एक उत्कृष्ट स्थान बन्ने बताइन्। आफूले अहिलेसम्म देखेको सबैभन्दा घटिया व्यवहार भएको उनको भनाइ छ।
“सुरुमा मलाई यो पढेर निकै रिस उठ्यो र त्यसपछि म बेस्सरी हाँसे किनभने यो बनावटी बाहेक अरू केही हुन सक्दैन। तपाईंले यी सब झेल्नु परेको छ, यसका लागि मलाई माफ गर्नुहोस्। उनीहरूको यही स्तर हो। तपाईं आफ्नो आवाज प्रयोग गरिरहनुहोस्। हामी सबै तपाईंलाई प्रेम गर्छौं,” उनले लेखेकी छन्।
उनीहरूले दुवैजनाले सन् १९९७ मा विवाह गरेका थिए। विवाह गरेको १२ वर्षपछि सन् २००९ मा सम्बन्धविच्छेद गरेका थिए। उनीहरूका १९ वर्षकी एक छोरी छिन्। उनले आफ्नो छोरीका लागि भए पनि पूर्वपतिका बारेमा बोल्नु परेको बताएकी थिइन्।
अनुरागका वकीलले एक विज्ञप्ति जारी गर्दै उक्त आरोपकाे खण्डन गरेका छन्। आरोपछि उनका वकील प्रियंका खिमानीले एक विज्ञप्ति जारी गर्दै आरोप झुठो तथा कोहीबाट परिचालित भएर बनाइएको कहानी भएको बताइन्।
पायलले चलचित्रको छायांकनको क्रममा सन् २०१४-१५ तिर आफ्नो कोठामा बोलाएर यौन शोषण गरेको आरोप लगाएकी थिइन्। एजेन्सी
" /> काठमाडाैं। बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लागेको छ।उक्त आरोप अब अदालतसम्म पुग्दैछ। यौन शोषण गरेको आरोप लगाउँदै अभिनेत्री पायल घोष अदालत पुग्ने तयारी गरेकी छन्।

">