जयनको ‘जय जगत’गीतको म्यूजिक भिडिओ सार्वजनिक  <p>काठमाडौं। गायक जयन जे वाइबाको &lsquo;जय जगत&rsquo; बोलको गीतको म्यूजिक भिडिओ सार्वजनिक भएको छ।</p> <p>जयनकै शब्द, संगीत र स्वरमा रहेको राष्ट्रिय भावना बोकेको गीतले मानवताको सन्देश पनि बोकेको छ। गीतमा उदीयमान कलाकार कबिर खड्काको सोलो अभिनय रहेको छ।</p> <p>शरद महतोको निर्देशन, छायांकन तथा सम्पादनमा तयार भएको यो म्यूजिक भिडिओ काठमाडौं उपत्यकाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा खिचिएको छ। निषेधाज्ञाकै बेला भिडिओ सुटिङ गरिएको निर्माणपक्षले बताएको छ।</p> <p>प्रवेश पौडेल कार्यकारी निर्माता रहेको &lsquo;जय जगत&rsquo; बोलको भिडिओ&nbsp;ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट शनिबार दिउँसो सार्वजनिक भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्