काठमाडौं। अभिनेता दयाहाङ राई रेडपाण्डा संरक्षण दूतमा नियुक्त भएका छन्। रेडपाण्डा नेटर्वकले दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षण र चोरी तस्करीको विरुद्धमा जनचेतना जगाउनका लागि सहयोग गर्ने गरी दयाहाङलाई नियुक्त गरेको हो।
नेपालका विभिन्न जिल्लामा रेडपाण्डा संरक्षणको कार्यक्रम सञ्चालन गरिहेको नेटवर्कले रेडपाण्डाको संरक्षण र रेडपाण्डाको अवैध चोरी-शिकारको विरुद्धमा जनचेतना जगाउने काम गरिरहेको छ। नेटवर्कले विज्ञप्ति जारी गर्दै दयाहाङसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ।
नेटवर्ककका निर्देशक आङ फूरी शेर्पाले भनेका छन्, "हामी नेपालका प्रसिद्ध कलाकार दयाहाङ राईसँग रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्न पाउँदा अत्यन्त हर्षित छौँ। यस सहकार्यको माध्यमबाट रेडपाण्डा संरक्षणको आवाजलाई आम-जनमासमा पुर्याउन सफल हुनेछौँ भन्नेमा विश्वस्त छु।"
नेटवर्कले नेपालका १० जिल्लामा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। रेडपाण्डाको अनुमन तथा अनुसन्धान, जनचेतना, बासस्थानको पहिचान तथा व्यवस्थापन, स्थानीयको दीगो जीविकोपार्जनमा सहयोग गर्ने कार्यक्रम सञ्चालन भइरहेको नेटवर्कले जनाएको छ।
पाँचथर, इलाम, ताप्लेजुङ, पूर्व रुकुम, पश्चिम रुकुम, रोल्पा, कालीकोट, जाजरकोट, डोल्पा र जुम्लामा यो कार्यक्रम सञ्चालित छ।
" /> काठमाडौं। अभिनेता दयाहाङ राई रेडपाण्डा संरक्षण दूतमा नियुक्त भएका छन्। रेडपाण्डा नेटर्वकले दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षण र चोरी तस्करीको विरुद्धमा जनचेतना जगाउनका लागि सहयोग गर्ने गरी दयाहाङलाई नियुक्त गरेको हो।नेपालका विभिन्न जिल्लामा रेडपाण्डा संरक्षणको कार्यक्रम सञ्चालन गरिहेको नेटवर्कले रेडपाण्डाको संरक्षण र रेडपाण्डाको अवैध चोरी-शिकारको विरुद्धमा जनचेतना जगाउने काम गरिरहेको छ। नेटवर्कले विज्ञप्ति जारी गर्दै दयाहाङसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ।

">