काठमाडौं। गायिका शितल शर्माले बागलुङको ढोरपाटनमा बाढीपहिरोले आमाबुवा गुमाएका दिदीबहिनीको पढाईको जिम्मा लिएकी छिन्।
शितलले ढोरपाटन नगरपालिका-९ मा १७ भदौको पहिरोमा अभिभावक गुमाएका मिना विक र शुस्तिमा विकलाई पढाउने भएकी हुन्। पहिरोले आमाबुवा र भाइको ज्यान लिएपछि ती दिदीबहिनीलाई अहिले ठूलोबुवा खुमबहादुर विकले आश्रय दिएका छन्।
आमाबुवा नहुँदा पठनपाठनमा समस्या हुने देखेर कक्षा १२ सम्मको पढाईको जिम्मेवारी लिएको गायिका शर्माले बताईन्।
दिदी सुस्मिता कक्षा १० र बहिनी मिना कक्षा ७ मा पढिरहेका छन्। उनीहरू दुवै जनाको कक्षा १२ सम्म विद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको जिम्मा आफूले लिएको शितलले बताइन्।
गायिका शर्माले पहिरोपीडितका लागि सहयोग अभियान चलाइरहेकी छिन्। अहिलेसम्म करिब ६ लाख रूपैयाँ सहयोग संलकन भइसकेको उनले बताईन्।
" /> काठमाडौं। गायिका शितल शर्माले बागलुङको ढोरपाटनमा बाढीपहिरोले आमाबुवा गुमाएका दिदीबहिनीको पढाईको जिम्मा लिएकी छिन्।शितलले ढोरपाटन नगरपालिका-९ मा १७ भदौको पहिरोमा अभिभावक गुमाएका मिना विक र शुस्तिमा विकलाई पढाउने भएकी हुन्। पहिरोले आमाबुवा र भाइको ज्यान लिएपछि ती दिदीबहिनीलाई अहिले ठूलोबुवा खुमबहादुर विकले आश्रय दिएका छन्।

">