‘सपोर्टिङ रोल’बाटै कराेडौं कमाउने अभिनेताहरू
काठमाडौं। चलचित्रमा ‘सपोर्टिङ रोल’ (सहायक भूमिका)गरेरै पनि कलाकारहरूले राम्रो कमाइ गर्ने गरेका छन्।

यिनीहरूमध्ये नै केही चर्चित बलिउड अभिनेताहरूले सपोर्टिङ रोल गरेरै करोडौं कमाउने गरेका छन्।

यसमा अभिनेता अरशद वारसीको नाम पनि समावेश छ।

उनले फिल्म ‘गोलमाल अगेन’का लागि तीनदेखि साढे तीन करोड रुपैयाँ पारिश्रमिक लिएका थिए।

अर्का अभिनेता रितेश देशमुख प्रायः चलचित्रमा सपोर्टिङ रोलमै देखिन्छन्।

उनी सपोर्टिङ रोल गर्दा पनि तीनदेखि चार करोड रुपैयाँसम्म पारिश्रमिक बुझ्छन्।

फिल्म रेस–३ मा बबी देओल सपोर्टिङ कलाकारको रूपमा देखिएका थिए।

यसका लागि उनले करीब सात करोड रुपैयाँ पारिश्रमिक लिएका थिए।

अनिल कपुरले पनि कयौं चलचित्रमा सपोर्टिङ कलाकारको रूपमा भूमिका निभाएका छन्। रेस–३ मा अनिल कपुरले सपोर्टिङ कलाकारको भूमिका निभाएका छन्।

यसको लागि उनले करीब ९ करोड रुपैयाँ लिएका थिए।

सञ्जय मिश्रा कयौं चलचित्रमा कमेडी गरेका छन्।

सपोर्टिङ रोल गर्दा उनी प्रत्येक फिल्मको करीब ५० लाख रुपैयाँसम्म लिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्