फेसबुकमा तीन करोड बढी फलोअर्सकी धनी कीम किन गर्दैछिन् फेसबुकको विरोध ?
एजेन्सी। सधै चर्चाचा रहने मोडल हुन् कीम कार्दशियन। यसपटक उनको चर्चा फेसबुकसँग जोडिएको छ।

चर्चित मोडल कीमका फेसबुक पेजलाई ३ करोड ५ लाख २६ हजार २७० जनाले फलो गर्छन्। २ करोड ९३ लाख ४० हजार ९४९ जनाले लाईक गरेका छन्। यतिधेरै फलोअर्स र लाईक पाउँदा पाउँदै कीमले कीन गर्दैछिन् त फेसबुकै विरोध ?

उनले फेसबुकको विरोध गर्नुको एउटै कारण हो- फेसबुकमा प्रवाह हुने गलत सूचना। कीम इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स हुने सेलिब्रटी मध्ये एक हुन्। इन्स्टाग्रामको माउ कम्पनी फेसबुक हो।

फेसबकले गलत सूचना प्रवाह गरेको, गलत प्रयोग र घृणा फैलाउने कार्य गरेको भन्दै उनले अहिले फेसबुकको विरोध गरेकी हुन्।
फेसबुकको विरोध गर्ने सेलिब्रेटी सूचीमा कीम एक्ली छैनन्। लियोनार्डो डिक्याप्रियो, जेनिफर लरेन्स, ओर्लान्डो ब्लुम, केरी वाशिङ्टन, सच्चा बारोन कोहेन पनि यो सूचीमा रहेका छन्।

“इन्स्टाग्राम र फेसबुकको माध्यमबाट तपाईंहरुसँग सिधै जोडिन पाउँदा मलाई खुसी लाग्छ। तर जब यो प्लेटर्फमले घृणा र गलत सूचनाहरु फैलाउने अनुमति दिन्छ भने म त्यो चुप लागेर हेरेर बस्न सक्दिन,” कीमले भनेकी छन्।

सामाजिक सञ्जालमा प्रवाह हुने गलत सूचनाले निर्वाचनमा ठूलो प्रभाव पार्ने उनले बताएकी छन्। यस्तो प्रभावले लोकतन्त्रलाई कमजोर बनाउने विश्वास उनले व्यक्त गरेकी छन्।

उनले आफ्नो फोसबुक र इन्स्टाग्राम अकाउन्ट आज ‘फ्रिज’ गर्ने घोषणा गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्