काठमाडौं। नेपालमा कोरोना महामारीको कहर ६ महिनादेखि जारी छ।
शुरूआती तीन महिना त सबैजना लकडाउनका कारण घरमै सीमित बने। यसबीचमा अधिकांश मानिसहरू कामविहीन बने।
अहिले भने विस्तारै-विस्तारै अवस्था सहज हुँदै गएको छ।
कोरोना महामारीको त्रासका बीच पनि मानिसहरू विस्तारै काममा फर्किन थालेका हुन्।
कलाकारहरूले समेत केही समय लकडाउनको पालना गर्दै घरमै सीमित बने।
चलचित्रकर्मी तथा गायक गायिकाले समेत महामारीका बेला भने आफूलाई व्यस्त नै राखेको पाइन्छ।
गायकगायिकादेखि मोडलहरू भने निकै व्यस्त देखिए। त्यस्तै चलचित्रकर्मी पनि चलचित्रको आन्तरिक कामदेखि अन्य प्रोजेक्टको काममा व्यस्त भए।
पछिल्लो समयका चर्चित नायक तथा मोडल पल शाहले लकडाउनको समयमा एक दर्जन बढी म्युजिक भिडिओमा काम गरे। चलचित्रको काम नभए पनि उनलाई भने म्युजिक भिडिओमा भ्याईनभ्याई भयो।
म्युजिक भिडिओसँगै सामाजिक कार्यमा पनि अघि बढेका छन्। लकडाउनका कारण समस्यामा परेका चलचित्रकर्मीलाई राहत दिँदै सहयोगको सुरूआत गरेका थिए। त्यसपछि उनले खाना खान नपाएका, बाढी-पहिरोबाट समस्यामा परेकाहरूलाई सहयोग गर्दै आएका छन्।
“कामसँगै आफूले सक्ने सहयोग गर्दै आएको छ। चलचित्रको काम त्यति भएको छैन। तर, म्युजिक भिडिओ र अन्य विभिन्न प्रोजेक्टका कारण खाली बस्नु परेन,” पलले भने।
गायक प्रकाश सपूत लकडाउन हुने बित्तिकै बागलुङस्थित आफ्नो घर गए। त्यहाँ उनी तीन महिना बसे।
त्यहाँ बसाइँको क्रममा गीतको रचना गर्नेदेखि लिएर भिडिओ नाटक बनाउनेसम्मको काममा व्यस्त रहे। निकै नै चर्चामा रहेको ‘बदला बरिलै’ गीत त्यही लकडाउनको समयमा उनले फाइनल गरेका थिए।
“पहिलाको जसरी काम त भइरहेको छैन। तर, कामै नभएर खाली हात बस्नु परेको अवस्था भने छैन। केही न केही काम भइरहेको छ,” प्रकाशले भने, “म्युजिक भिडिओ, विभिन्न विज्ञापन तथा केही व्यक्तिगत प्रोजेक्टमा समेत काम गरियो। धेरै समयपछि घर परिवारसँग रहर मर्ने गरी बस्न पाए।”
अभिनेत्री ऋचा शर्माले चैत यता म्युजिक भिडिओ, विज्ञापन, डकुमेन्ट्री आदीमा काम गरिन्। त्यस्तै उनले यही समयमा नेपाली चलचित्रका लागि डिजिटल प्लेटफर्म उपलब्ध गराउने मोबाइल एप समेत ल्याइन्।
अभिनेत्री बेनिसा हमाल यतिबेला समाजिक कार्यमा सक्रिय छिन्। कोरोना महामारीका कारण खान नपाएकाहरूलाई विभिन्न संस्थामार्फत् सहयोगमा जुटेकी छन्। उनी पनि कोरोना महामारीका कारण कसरी समय बिताउने भन्ने अवस्थामा पुगिनन्।
“केही न केही काम भइरहेको छ। कामै नपाएर के गर्ने होला भन्ने अवस्था छैन। चलचित्रको काम भने बन्द नै छ। अरू काम त भइरहेको छ,” उनले भनिन्।
अरू सबैका लागि चलचित्रको काम बन्द भए पनि अभिनेता जयकिसन बस्नेतका लागि लकडाउनमा केही फरक परेन। उनले यहीबीचमा दुईवटा चलचित्रको छायांकन गर्न भ्याएका छन्।
भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर चलचित्रको छायांकन गरिएको उनको भनाइ छ।
उनले चलचित्रका साथै म्युजिक भिडिओमा समेत अभिनय गरेका छन्। कामै नगरेर घरमै चुप लागेर बस्नु भन्दा सावधानी अपनाएर काम गर्नु नै बेस भएको उनको भनाइ छ।
अभिनेत्री ऋचा शर्माले चैत यता म्युजिक भिडिओ, विज्ञापन, डकुमेन्ट्री आदिमा काम गरिन्। त्यस्तै उनले यही समयमा नेपाली चलचित्रका लागि डिजिटल प्लेटफर्म उपलब्ध गराउने मोबाइल एप समेत ल्याइन्।
फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा विभिन्न ब्राण्डबारे बोलिदिने, फोटो तथा भिडिओ बनाएर हाल्ने जस्ता काम पनि यही अवधिमा भयो। “यो अवधिमा कामविहीन हुनु परेको छैन। घरमै बसेर के गर्ने भन्ने भएन। अलि-अलि काम भने भइरहेको छ,” ऋचाले भनिन्।
त्यस्तै नायिक केकी अधिकारीले पनि आफूलाई निकै व्यस्त राख्दै आएकी छन्। महामारीकै बेला उनले केही म्युजिक भिडिओमा काम गरिन्।
कोरोना महामारीका कारण चलचित्रकर्मीहरूले चलचित्रबाट काम नपाए पनि अन्य क्षेत्रबाट भने काम भइरहेको छ। केहीले त आफ्नै युट्युब च्यानल खोलेर नयाँ नयाँ भिडिओ अपलोडसमेत गर्ने गरेका छन्।
त्यस्तै विभिन्न कम्पनीको विज्ञापन गर्ने, डकुमेन्ट्री बनाउने जस्ता काम महामारीकै बीच भइरहेको छ।
“महामारीका कारण फुर्सदमा बस्नु परेको छैन। कामबाट बचेको समयमा अध्ययन र चलचित्र हेर्ने गरेकी छु,” उनले भनिन्, “काम नपाएर समस्या भयो भन्ने अवस्था भने आएन। दाम नि राम्रै कमाइएको छ।”
यस्तै अभिनेत्रीहरू वर्षा राउत, वर्षा सिवाकोटी, प्रियंका कार्की, आँचल शर्मा, सुरक्षा पन्त, निता ढुंगाना, स्वस्तिमा खड्कालगायतले पनि महामारीका समयमा काम नपाएर समस्या भयो भन्ने अवस्था भने आएको छैन। उनीहरूले म्यूजिक भिडिओ, विभिन्न डकुमेन्ट्रीदेखि लिएर सामाजिक कार्यमा समेत व्यस्त देखिएका छन्।

यो समयमा कामविहीनै भएर बस्नुभन्दा केही न केही नयाँ काम गर्नुपर्ने उनीहरूको भनाइ छ। “आफूलाई जतिसक्दो बढीभन्दा बढी व्यस्त राख्नु राम्रो हुन्छ। एकातिर महामारीको डर छ। त्यहीबेला आफूलाई फुर्सदमा राखियो भने अर्को समस्या आइलाग्न सक्छ,” अभिनेत्री ऋचाले भनिन्।
" /> काठमाडौं। नेपालमा कोरोना महामारीको कहर ६ महिनादेखि जारी छ।शुरूआती तीन महिना त सबैजना लकडाउनका कारण घरमै सीमित बने। यसबीचमा अधिकांश मानिसहरू कामविहीन बने।

">