अल्मोडाको गीतमा दया र वर्षाको रोमान्स <p>काठमाडौं। गायक अल्मोडो राना उप्रेतीले नयाँ गीत ल्याएका छन्। रोशन खड्का प्याकुरेलको संगीत रहेको &#39;ज्यानले तिमीलाई&#39; बोलको गीतका शब्द अल्मोडाकै हुन्।</p> <p>माया पिरितीका कुरा गरिएको गीतको भिडिओमा दयाहाङ राई र वर्षा सिवाकोटीको अभिनय छ। साथमा बुद्धि तामाङले सहयोगी भूमिका निर्वाह गरेका छन्।</p> <p>रञ्जीत बल्लभ उप्रेतीको निर्देशनमा बनेको भिडिओमा वर्षालाई माया जालमा पार्न दया अनेकन उपाय अपनाउँछन्। केही सिप नचलेपछि अन्ततः उनले लभ लेटर पठाउँछन्। त्यसपछि भने वर्षा उनको प्रेम स्वीकार गर्न तयार हुन्छिन्।</p> <p>पवन सुश्लिङको सिनेमेटोग्राफ रहेको भिडिओमा अनिता श्रेष्ठ, चण्डिका ठकुरी, इन्द्रजित चौलागाईं, केदार पराजुलीले सहयोगी कलाकारको भूमिका निर्वाह गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्