हृदयघातपछि बाथरुममै लडेका थिए अभिनेता जयप्रकाश
एजेन्सी। तेलुगु सिनेमाका चर्चित अभिनेता जय प्रकाश रेड्डीको ७४ वर्षको उमेरमा आज निधन भयो। आन्ध्र प्रदेशस्थित आफ्नै घरमा हृदयघातपछि उनको निधन भएको थियो।

बाथरूम गएका बेला उनलाई हृदयघात भएको थियो। परिवारका सदस्यहरूका अनुसार हृदयघातपछि उनी बाथरूममै लडेका थिए।

उनले आफ्नो करिअरको शुरूआती चरणमा शिक्षण पेशा अंगालेका थिए। शिक्षण पेशाबाटै उनी चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए।

विद्यालयमै उनी अभिनय पनि गर्थे। त्यहीबाट उनी चलचित्र क्षेत्रमा प्रवेश गरे। त्यसपछि उनले 'ब्रह्मापुत्रूदू' बाट चलचित्रमा डेब्यू गरे।

उनले प्रेमिचुकुन्दाम रा, जयम मनदेरा, समरसिंह रेड्डी, चेन्नकेशवरेड्डी, छत्रपति, गब्बरसिंह, सीतय्या, नायक, रेसुगुर्रम, मनम, टेप्रलगायतका थुप्रै चलचित्रमा अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्