महेश काफ्लेको 'लज्जावती झार' सार्वजानिक
<p>काठमाडौं। महेश काफ्ले र अस्मिता अधिकारीको स्वरमा रहेको गीत 'लज्जावती झार' सार्वजनिक भएको छ। महेशकै शब्द संगीतमा रहेको उक्त गीतमा उनीसँगै आँचल शर्मा र असिम शाहको अभिनय छ।</p>
<p>हरि हुमागाईंले खिचेको भिडिओ लोकेश बज्राचार्यले सम्पादन गरेका छन्। प्रेममा आधारित गीतको भिडिओलाई असिफ शाहले निर्देशन गरेका हुन्।</p>
<p>यसअघि महेशको स्वर र फिचर्ड गीत 'माया बिरानी' निकै रूचाईएको थियो। उक्त गीतमा पनि आँचलको अभिनय थियो। झण्डै एक वर्षपछि मशेहले 'लज्जावती झार' ल्याएका हुन्।</p>
<p>यसअघि महेशको स्वरमा रहेको 'नाच फिरिरी'ले पनि चर्चासँगै विभिन्न अवार्डसमेत जितेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
