काठमाडौं। बलिउड नायिका कंगना रनौतलाई प्रहरी सुरक्षा मिल्ने भएको छ। हिमाञ्चल प्रदेशका मुख्यमन्त्री कार्यालयले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिइससकेको छ।
कंगनाको बुवाले मुख्यमन्त्रीलाई पत्र लेखेर छोरीलाई सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए। सोही आधारमा उनको सुरक्षा व्यवस्था मिलाउन लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको घरमा समेत सुरक्षाकर्मी तैनाथ गरिनेछ।
हिमाञ्चल प्रदेशमै रहेकी कंगना ९ सेप्टेम्बरमा मुम्बई जादैंछिन्। मुम्बई प्रहरीसँग डर लाग्ने गरेको र आफूलाई हिमाञ्चल प्रहरी वा केन्द्रीय प्रहरीले सुरक्षा दिनुपर्ने उनले माग गरेकी थिइन्।
आखिर उनलाई किन चाहियो सुरक्षा ?
कंगनाले अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्याको बारेमा आवाज उठाउँदैं आएकी छिन्। उनले बलिउड क्षेत्रमा हुने ड्रग्स कनेक्शनको पनि पर्दाफास गरेकी थिइन्। बलिउडमा ९९ प्रतिशत ड्रग्स प्रयोगकर्ता रहेको उनले बताउँदै आएकी छिन्। जसका कारण सुशान्तले आत्महत्या गर्नुपरेको उनको भनाइ थियो।
ट्वीटमार्फत कंगनाले चलचित्र माफियाभन्दा मुम्बई प्रहरीसँग बढी लाग्ने गरेको बताएकी थिइन्।
मुम्बईमा आफूलाई या हिमाञ्चल प्रदेश प्रहरीले सुरक्षा दिनुपर्ने वा सिधै केन्द्रीय प्रहरीले सुरक्षा दिनुपर्ने बताएकी थिइन्। उनले मुम्बई प्रहरीलाई सुरक्षा नदिन आग्रह गरेकी थिइन्।
उनको यो बयानपछि महाराष्ट्रभर विरोध भएको छ। शिव सेनाका नेता सञ्जय राउतले कंगनालाई मुम्बई नआउन भनेका थिए। उनको चेतावनीपछि कंगनाले मुम्बईको तुलना पाकिस्तानसँग गरेकी थिइन्। उक्त ट्वीटपछि महाराष्ट्रका थुप्रै स्थानमा विरोध प्रदर्शन भए। उनको पोस्टरसमेत जलाइएको छ।
सुरक्षा खतरा बढेसँगै कंगनाको बुवा अमरद्वीप रनौतले छोरीलाई सुरक्षा व्यवस्था मिलाउन भन्दै मुख्यमन्त्री कार्यालय र प्रहरीमा उजुरी दिएका हुन्। यसअघि अमरद्वीपले छोरीलाई मुम्बई नजान समेत आग्रह गरेका थिए। तर, कंगना जसरी पनि मुम्बई जाने अडिगमा छिन्।
" /> काठमाडौं। बलिउड नायिका कंगना रनौतलाई प्रहरी सुरक्षा मिल्ने भएको छ। हिमाञ्चल प्रदेशका मुख्यमन्त्री कार्यालयले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिइससकेको छ।कंगनाको बुवाले मुख्यमन्त्रीलाई पत्र लेखेर छोरीलाई सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए। सोही आधारमा उनको सुरक्षा व्यवस्था मिलाउन लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको घरमा समेत सुरक्षाकर्मी तैनाथ गरिनेछ।

">