बलिउड नायिका मलाइकालाई कोरोना संक्रमण
एजेन्सी। बलिउड नायिका मलाइका अरोरालाई कोरोना संक्रमण भएको छ। यसअघि अभिनेता अर्जुक कपुरलाई कोरोना संक्रमण देखिएको थियो।

उनलाई कोरोना देखिएपछि मलाइकाले पनि परीक्षण गराएकी थिइन्। उनको रिपोर्ट पोजिटिभ आएको हो।

मलाइकाकी बहिनी अमृताले कोरोना संक्रमणको पुष्टि गरेकी छन्। मलाईकाको 'शो इण्डियाज बेस्ट डान्सर' को सेटमा काम गर्ने ७ जनामा कोरोना पोजिटिभ देखिएको थियो।

मलाइका लामो समयदेखि उक्त शो को छायांकन गर्दै आएकी छन्। सोसल मिडियामा समर्थकहरूले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

बेला-बेला सोसल मिडियामा उनी चर्चामा आउने गरेकी छिन्। कहिले अर्जुनसँगको सम्बन्धका कारण त कहिले ड्रेसका कारण उनी चर्चामा आइरहन्छिन्।

'छैयाँ छैयाँ' गीतमा आइटम डान्स गरेर चर्चामा आएकी उनी पछिल्लो समय रियालिटी 'शो' मा व्यस्त छिन्। कोरोना पोजिटिभ देखिएका नायक अर्जुन होम आइसोलेसनमा बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्