नि:सन्तान दम्पतीको कथा ‘नौगेडी’
काठमाडौं। विवाह गरेको दशक वितिसक्दा पनि सन्तान नहुँदा चिन्तित छिन्, मनमाया। उता नौगेडीको आश देखाएर विवाह गरेको च्यान्टेले पनि आफ्नो वाचा पुरा गर्दैन। त्यसैले उनी आक्रोसित छिन्। मनमायाको यही सन्तान मोहकोे विषय उनेर रंगकर्मी पुरु लम्सालले नाटक तयार पारेका छन् ‘नौगेडी’।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा नियमित मञ्चन भइरहेको नाटकको विषय सरल छ। नुवाकोटको दुप्चेश्वर मन्दिरमा धान्य पूर्णिमामा लाग्ने मेलाबाट नाटकको सुरुवात हुन्छ। यो मन्दिरमा पुजा गरे जोडी जुर्नेदेखि सन्तान प्राप्त हुने विश्वास अझै पनि छ। यही मेलामा गीत गाएर दलित समुदायको च्यान्टेले मनमायाको मन जितेको हुन्छ।

नौगेडीको आशले मनमाया लोभिन्छे। अन्ततः उनीहरुको विवाह हुन्छ। तर, वर्षाैँ वित्दा पनि च्यान्टेले नौगेडी बनाइदिन सक्दैन न त दम्पतिले सन्तान सुख नै पाउँछन्। यही विषयलाई लिएर मनमाया आक्रोसित बन्छिन् र बेलाबेलामा आक्रोस च्यान्टेमाथि नै पोख्छिन्। यही झगडाको फाइदा छिमेकी अर्जुनले उठाउँछ।

कथित तल्लो जात भन्दै च्यान्टेले खाएको चियाको गिलाससमेत छुन तर्किने अर्जुन उही जातकी मनमायाको शरीर छुन भने धक मान्दैन। सन्तान सुखको लोभले मनमाया पनि अर्जुनसँग नजिक हुन्छिन्। पत्नी गर्भवती बनेको खबरले च्यान्टे खुशिसाथ हुँदै ट्याम्को बजाउँदै नाच्न थाल्छ। तर च्यान्टेको खुशि लामो समय टिक्न पाउँदैन।

अहिले निःसन्तान भएकाले परिवारको हेला र आफन्तको घोचपेचका कारण महिला तथा पुरुषले गलत बाटो रोजेका घटनाहरु सञ्चारमाध्यममा छाइ नै रहेका छन्। अरुको नवजात शिशु चोर्नेदेखि छोराछोरी साट्नेसम्मका अपराध बढ्दो छ। नाटकमा पनि मनमाया बच्चाको लागि गलत बाटो रोज्न पुग्छे। माया गर्ने पतिलाई धोका दिन्छे। मातृत्वको लालसामा हुने यस्ता गलत कार्य रोक्नको लागि नाटकले सचेत गराएको छ।

सन्तान सुख दिन नसकेको भन्दै गाउँलेले त हेला गर्छ नै मनमाया पनि उसलाई ‘नामर्द’ भन्दै होच्याउँछिन्। अझै पनि हाम्रो समाजमा ‘मर्द’ को परिभाषा भनेको सन्तान जन्माउन सक्नु र परिश्रम गरी परिवारका आवश्यकता पुरा गर्नु मै सीमित छ। सन्तान चाहने दम्पतिको लागि अहिलेका उपायहरु नाटकले खोजी गरेको छैन। सन्तानकै लागि परपुरुषसँग नजिकिनुले मातृत्व सुखको लागि महिला जुनसुकै हदसम्म जानसक्ने गरी सामान्यीकरण गरिदिएको छ। ‘के महिलाको लागि मातृत्व नै ठूलो हो ?’ भन्ने प्रश्न नाटक हेर्दै गर्दा बेलाबेला मनमा उब्जिन्छ।

नाटकले निःसन्तान दम्पतीको कथासँगै छुवाछुत, भेदभावका विषय पनि उजागर गरेको छ। चुनावमा हार व्यहोरे पनि हरेस नखाएका चन्द्रबहादुर समाज सुधारमै तल्लिन हुन्छन्। उनले दलालका कारण बेचिएर पुनः गाउँ फर्किएकि माइलीसँग नयाँ जीवन सुरु गरेको प्रसंगले सकारात्मक सन्देश दिएको
छ। दिनभरी लुँडोका गोटीमा दिन कटाउनेहरुलाई नाटकले  सचेत गरेको छ।

यिनै प्रस्तुतिमा मञ्चन भएको नाटकमा सुशिलसिं ठकुरी, रीता थापा, आई.पी.आचार्य, बृहषमान सुनुवार, भीष्मराज जोशी, दिवाकर घिमिरे, अनामिका लामिछाने, राहुल श्रेष्ठ, अस्मिता बयलकोटी, समीर खनाल, रुवी सत्याल, जयराम तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ।

मञ्च परिकल्पना तथा निर्माण तिलक राइले गरेका हुन् भने दिवाकर घिमिरेले प्रकाश परिकल्पना गरेका छन्। प्रकाश परिचालन पास लक्पा, संगीत संयोजन नारायण दंगाल, मञ्च व्यवस्थापन मञ्जु गिरी र आकाशजङ श्रेष्ठले गरेका छन्। नाटक १२ असोजसम्म चल्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्