'प्रसाद २'मा पनि नम्रता र विपिन नै दोहोरिने   <p>काठमाडौं। व्यवसायी रूपमा सफल मानिएको चलचित्र &#39;प्रसाद&#39; को सिक्वेल &#39;प्रसाद-२&#39; बन्ने भएको छ। चलचित्रका निर्माता सुवास थापाले&nbsp;प्रसाद-२&nbsp;बनाउने भएका हुन्।</p> <p>सुशील पौडेलको पटकथा तथा सम्वाद रहने चलचित्रमा सौरभ चौधरीले निर्देशन गर्नेछन्। यसअघि प्रसादको भने दिनेश राउतले निर्देशन गरेका थिए।&nbsp;</p> <p>प्रसादकै कलाकार विपिन कार्की र नम्रता श्रेष्ठ नै मुख्य भूमिमा हुनेछन्। उनीहरू दुवैजनासँग सम्झौता भइसकेको छ। अन्य कलाकार छनोट गर्न बाँकी रहेको यो चलचित्रका लागि स्क्रिप्ट लेखनको काम भने सकिएको छ। &nbsp;</p> <p>कोरोना महामारीको अवस्था सामान्य भएपछि चलचित्रको छायांकन शुरू हुनेछ। चलचित्र वितरक करण श्रेष्ठले फेसबुकमार्फत चलचित्रबारे सामान्य जानकारी दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्