कोरोना महामारीबीच भेनिस फिल्म फेस्टिभल सुरू
काठमाडौं। कोरोना महामारीकै बीच इटालीमा भेनिस फिल्म फेस्टिभल शुरू भएको छ। बुधबार राति कोरोना भाइरसका कारण मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै फिल्म फेस्टिभल उद्घाटन गरिएको हो।

कोरोना महामारी शुरू भएपछि यो पहिलो प्रमुख फिल्म फेस्टिभल हो। यद्यपि, महामारी नियन्त्रणका लागि जारी प्रतिबन्धका कारण अधिकांश अन्तर्राष्ट्रिय कलाकारहरू सहभागी हुन असमर्थ भएका छन्।

‘‘आजको रात यहाँ कुनै अचम्मको चमत्कार भएजस्तो देखिएको छ,’’ जूरी अध्यक्ष अस्ट्रेलियन अभिनेत्री केट ब्लान्शेटले भनिन्।

उनले चलचित्र निर्माताहरूको ‘असिम सिर्जनात्मकता र लचकता’ को प्रशंसासमेत गरिन्। उनले फेस्टिबलमा प्रदर्शन हुने चलचित्रहरूले कोरोना महामारीबाट प्रभावित फिल्म क्षेत्रलाई राहत पुग्ने अपेक्षा व्यक्त गरिन्।

बीबीसी

प्रतिक्रिया दिनुहोस्