‘द रक’लाई कोरोना संक्रमण

काठमाडौं। ड्वेन ‘द रक’ले आफू र आफ्नो परिवारलाई कोरोना भाइरस संक्रमण देखिएको खुलासा गरेका हुन्।

४८ वर्षीय ‘द रक’ले श्रीमती लरेन हसियन (३५), दुई छोरी टियना (२) र ज्यास्मिन (४) लाई कोरोना भाइरस संक्रमण देखिएको बताए।

तर, अहिले उनीहरू संक्रमणमुक्त हुने क्रममा छन्।

उनले इन्स्ट्राग्राम भिडिओमार्फत् आफ्नो १९६ मिलियन फलोअरहरूलाई त्यो समय निकै कठिन र चुुनौतीपूर्ण रहेको बताए।

“कोभिड-१९ संक्रमण अन्य चोटपटक लाग्नुभन्दा निकै फरक छ, जुन मैले केही समयमा धेरै भोगेँ”, उनले भने।

‘द रक’ हलिउड अभिनेता हुन्। उनका थ्रपै चर्चित चलचित्रहरू छन्।

उनी पूर्वरेस्लर पनि हुन्।

प्रतिक्रिया दिनुहोस्