काठमाडौं। कोरोना महामारीले मानिसहरूको दैनिकीमा पूरै परिवर्तन गराएको छ। कामकाबीच पनि आफूलाई कसरी सुरक्षित राख्ने भन्नेतिर सबै लागेका छन्।
आफू र घर परिवारलाई सुरक्षित राख्न घर बाहिरको काममा हुनेहरू घरपरिवारबाट टाढै बस्ने गरेका छन्।
बलिउड अभिनेता अजय देवगन यतिबेला पारिवारिक जिम्मेवारी निभाइरहेका छन्। त्यसका लागि श्रीमती काजोलले साथ दिइरहेकी छिन्। कोरोना महामारीका कारण दुवैजना टाढा छन्। उनीहरूकी छोरी न्यासा सिंगापुरमा पढ्छिन्। मार्चबाट भारतमा लकडाउन भयो। काजोल तुरुन्त सिंगापुर गएर छोरीलाई लिएर मुम्बई आइन्।
स्कूल कलेज खुल्न थालेका छन्। न्यासाको कलेज पनि खुलिसक्यो। त्यसपछि छोरीलाई लगेर काजोल सिंगापुर गइन्। यतिबेला उनीहरू छोरीसँग आमा वा बुवामध्ये एक जना हुनु जरूरी ठान्छन्। त्यसैले काजोल सिंगापुरमै छोरीसँग बसेकी छिन्।
अजय आफ्नो आगामी चलचित्रका लागि मुम्बई छोड्ने सक्ने अवस्थामा थिएनन्। त्यही भएर काजोल नै छोरीसँग सिंगापुर पुगिन्। सिंगापुरमा छोरीका लागि भनेर किनेको अर्पाटमेन्टमा दुवैजना बसिरहेका छन्। उनी त्यहाँ छोरीसँग केही महीना बस्नेछिन्।
यता छोरा युगलाई भने अजयले सम्हालिरहेका छन्। जसले गर्दा दुवैजना एक-एक बच्चाको हेरचाह गरिरहेका छन्। अजयको आगामी चलचित्र 'भुज द प्राइड अफ इण्डिया' को पोष्ट प्रोडक्सनको काम भइरहेको छ। यो चलचित्र चाडैं नै ओटीटी प्लेटर्फमबाट प्रदर्शनमा आउनेछ।
" /> काठमाडौं। कोरोना महामारीले मानिसहरूको दैनिकीमा पूरै परिवर्तन गराएको छ। कामकाबीच पनि आफूलाई कसरी सुरक्षित राख्ने भन्नेतिर सबै लागेका छन्।आफू र घर परिवारलाई सुरक्षित राख्न घर बाहिरको काममा हुनेहरू घरपरिवारबाट टाढै बस्ने गरेका छन्।

">