एजेन्सी। यो वर्षको ६ महिनामा बलिउड उद्योग निस्क्रिय बन्यो।
कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन, छायांकन लगायतका सबै काम बन्द भए। तर, पछिल्लो समय छायांकनको काम अघि बढेको छ।
साउथ इण्डियन फिल्मकर्मी अवस्था सहज हुनेबित्तिकै पूरै भारतमा तहल्का मच्चाउने तयारीमा छन्। दक्षिण भारतीय चलचित्र दक्षिण भारतमा मात्र नभएर पूरै भारत तथा अन्य देशहरूमा समेत राम्रो छाप छोड्न सफल छन्।
कोरोना महामारीको अवस्था सहज भएपछि प्रभास, अल्लू अर्जुनदेखि लिएर धनुषसम्म नयाँ चलचित्र ल्याउने तयारीमा छन्।
प्रभास

प्रभास अभिनित चलचित्र ‘राधे श्याम’ प्रदर्शनको तयारीमा छन्।
कोरोना महामारीको अवस्था सहज भएलगत्तै चलचित्र पूरै भारत प्रदर्शनमा आउनेछ।
पूजा हेगडेसँग उनी रोमान्समा देखिनेछन्। कमेडी शैलीको चलचित्र क्रृस जगर्लमुडीले निर्देशन गरेका हुन्।
यश राज

कन्नड चलचित्रका हंश यश एक पटक ‘केजीएफ-२’ ल्याएर आउँदैछन्। रान्की भाइको भूमिकामा देखिने उनी केजीएफबाट चर्चित बनेका थिए। पहिलो भागबाट नै दर्शकले दोस्रो भागको माग गरेका थिए।
प्रशान्त नीलको निर्देशन बनेको ‘केजीएफ-२’ २३ अक्टोबरबाट प्रदर्शनमा आउने तयारीमा थियो।
तर, कोराना महामारीसँगै जारी लकडाउनका कारण प्रदर्शन अन्याेल बनेको छ।
अब महामारीको अवस्था सहज भएपछि भने भारतभर प्रदर्शनमा आउनेछ।
अल्लू अर्जुन

अल्लू अर्जुनको अपकमिङ चलचित्र ‘पुष्पा’ कोरोना महामारी सहज भएपछि प्रदर्शनमा आउनेछ।
सुकुमार करको निर्देशनमा बनेको यो चलचित्रको मुख्य अभिनेत्रीमा रश्मिका मन्दना छिन्। यो चलचित्र २०२१ मा प्रदर्शनमा आउनेछ।
यो चलचित्रको घोषणा अल्लूको जन्मदिनमा घोषणा गरिएको थियो। उक्त चलचित्रको पोस्टर पनि सार्वजनिक भएको छ। तमिल, हिन्दीसहित ५ भाषामा बनेको यो चलचित्र धेरैको पर्खाईमा छ।
विजय देभराकोण्डा

धर्मा प्रोडक्शन र पुरी जगन्नाथ मिलेर नयाँ चलचित्र लिएर आउँदैछन्।
‘फाइटर’ नामको चलचित्रमा विजय मुख्य भूमिकामा छन्। उनीसँगै अभिनेत्री अनन्या पाण्डे देखिनेछिन्।
धनुष
.jpg)
साउथ इण्डियन चर्चित अभिनेता धनुष फेरि आनन्द एल रायसँग मिलेर चलचित्रमा काम गर्न लागेका छन्। चलचित्र ‘अतरंगी रे’ मा धनुष मुख्य भूमिकामा देखिँदैछन्।
कोरोना महामारी सहज भएसँगै यो चलचित्र भारतभर प्रदर्शनमा आउनेछ। यसअघि रायसँग मिलेर २०१३ मा ‘रन्झना’ बनाएका थिए।
धनुषसँग सारा अलि खान मुख्य भूमिकामा हुनेछिन्। बलिउड अभिनेता अक्षय कुमारलाई केमियो उपस्थिति गराइनेछ।
२०२१ को फेब्रअरी १४ मा प्रदर्शन आउने तयारीमा रहेको यो चलचित्र त्यो बेलासम्म कोरोना महामारी सहज नभए केही समय पर धकेलिनेछ।
नागार्जुन
नागार्जुनका महिला शुभचिन्तक बढी छन्। उनी चाँडै नै अयान मुखर्जीको चलचित्र ‘ब्रहास्त्र’ मा देखिन लागेका छन्। उक्त चलचित्रमा अमिताभ बच्चन, रणवीर कपूर र आलिया भट्ट पनि देखिनेछिन्।
लण्डन, बुल्गेरीया तथा बाराणसीमा यसको छायांकन गरिएको थियो। २०१९ को क्रिसमसमा प्रदर्शनमा ल्याउने तयारीमा रहेको चलचित्र अन्ततः प्रदर्शनमा आउन सकेको थिएन।
यो वर्षको अन्त्यसम्ममा प्रदर्शनमा आउने भनिएको छ। तर, कोरोना महामारीका कारण सन् २०२१ मा धकेलिने पक्का जस्तै छ।
" /> एजेन्सी। यो वर्षको ६ महिनामा बलिउड उद्योग निस्क्रिय बन्यो।कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन, छायांकन लगायतका सबै काम बन्द भए। तर, पछिल्लो समय छायांकनको काम अघि बढेको छ।

">