काठमाडौं। लिम्बु समुदायले गाउने पालममा सारङ्गीको प्रयोग हुन्न। सुदूरपश्चिम, कर्णाली प्रदेशमा प्रचलित देउडा भाकाका पनि सारङ्गीको धुन सुन्न पाइँदैन। तर, बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा तीन दर्जन बढी सारङ्गीले एकैसाथ यी धुनहरू गुञ्जाउँदै थियो। यी मात्रै होइन, सारङ्गीको धुनबाटै मंगल धुन, सोरठी, मालश्री, साकेलालगायत धुनहरू हलभरि गुञ्जियो।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जमलस्थित नाचघरमा सारङ्गीलाई नै केन्द्रमा राखेर कार्यक्रम गरेको हो। नेपाली समाजमा सारङ्गी नौलो बाजा त होइन तर, अचेल सारङ्गी त्यति बजेको सुनिँदैन।

घरघर पुगेर सारङ्गी बजाउने चलन त लोपनै भइसक्यो। गन्धर्व समुदायले सारङ्गी बजाउन छोड्न थालेका छन्। यस्तै चिन्तास्वरुप सारङ्गीलाई केन्द्रमा राखेर संविधान दिवसको अवसरमा कार्यक्रम गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए। त्यस्तै मन्त्रालयले नेपालका सात हजार बढी बाजाहरू संकलन गरी राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको समेत उनले बताए।

कार्यक्रममा दुई दर्जन बढी नेपाली बाजाहरू प्रयोग गरिएका थिए भने मेचीदेखि महाकालीसम्मका लोप हुन थालेका विभिन्न धुनहरू सारङ्गीमा ‘हार्माेनाइज’ गरिएको थियो।

कार्यक्रममा कुनै मानवीय स्वरहरुको प्रयोग गीत र शब्दबाट गरिएको थिएन। मानवीय स्वर हार्माेनाइजबाट मात्रै भएको छ।

कार्यक्रममा सारङ्गीमार्फत् मंगल धुन (परम्परागत धुन), सोरठी (गण्डकी कर्णाली प्रदेशमा प्रचलित लय), पालम (लिम्बू समुदायमा प्रचलित लय), असारे भाका(रोपाइँको समयमा गाइने लय), मैथिली धुन (तराई क्षेत्रमा प्रचलित लय), कौडा (गण्डकी प्रदेशमा प्रचलित भाका) बजाइएकाे थियाे। त्यस्तै शिरसया नेवारी (नेवारी लोक धुन), संगीनी, (महिला समूहमा गाइने प्रचलित लय), वा माया वा (नेवारी लोक धुन), मालश्री (परम्परागत धुन), धिमाल धुन –पूर्वी तराईमा रहने धिमाल समुदायको), साकेला भाका (पूर्वी पहाडमा रहने किराँत समुदायको), म्हेन्दोमाया (मध्य नेपालमा रहने तामाङ  समुदायको), थकाली भाका (गण्डकी प्रदेशमा बसोबास गर्ने समुदायको), देउडा भाका (सुदूरपश्चिम, कर्णाली प्रदेशमा प्रचलित) पनि बजाइएको थियो।

प्रतिष्ठानका संगीत विभाग प्रमुख अशोक राईको संयोजकत्वमा भएको कार्यक्रममा खुम केसी, सबिन लिम्बु, सन्तोष पाठक, सन्जोक मल्ल, किरण महर्जन, राजु महर्जन, विजय तामाङ, केनियल क्रिष्टिफर सुब्बा, आयुष्मा जोशी, राहुल मानन्धर, मौसम सुनुवार, सरुण मानन्धर, व्रत गन्धर्व, दीपेश नेपाली, धर्म गन्धर्व, अरुणा गन्धर्व र चिकारा मेइदाले सारङ्गी बजाएका थिए।

त्यस्तै बासुरीमा रत्न बिके, सनाईमा धनबहादुर गुरुङ र ताल वादनमा खड्ग बुढा, अनिल श्रेष्ठ, पोषण घर्ती, राम मगरातीले साथ दिएका थिए। कार्यक्रममा लोकराज राईले टुङ्गना र हिरन राईले मुर्चुङ्गा, पात चरी बाजा र विनायो बजाएका थिए। त्यस्तै कला राई, मेनुका राई, निसा आङ्देम्बे, रमा थापा, गंगा राई, सन्जय तुम्रोक र सीता सिङ्गकले हार्माेनाइज गरेका थिए।

प्रतिष्ठानका कुलपति नारायणबहादुर श्रेष्ठ रायनले सारङ्गी बाजा र गन्धर्व जाति विस्तारै लोपोन्मुख भइरहेको बताए। पहिले गन्धर्व जाति सूचना सम्प्रेषण गर्ने माध्यम रहेको उल्लेख गर्दै उनले भने, ‘युद्धका खबरहरू, जीतहारका, रणमैदानको कुराहरु सम्प्रेषण गर्ने माध्यम थियो। उनीहरुको ठूलो इज्जत हुन्थ्यो।’ तर, अहिले त्यस्तो अवस्था छैन। गाइने/गन्धर्व अहिले छिःछिः दूरदूर भएर अपहेलित जिन्दगी बिताइरहेछन्। उनीहरू गन्धर्व/गाइने भएर बाँच्न सक्ने अवस्था छैन। उनीहरू आफ्नो जात बदलेर ठूला सहरहरूमा डेरा बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। यो जातिको बाजालाई, संस्कृतिलाई जोगाउन सानो प्रयास आफूहरुले गरिरहेको उनले बताए।

" /> काठमाडौं। लिम्बु समुदायले गाउने पालममा सारङ्गीको प्रयोग हुन्न। सुदूरपश्चिम, कर्णाली प्रदेशमा प्रचलित देउडा भाकाका पनि सारङ्गीको धुन सुन्न पाइँदैन। तर, बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा तीन दर्जन बढी सारङ्गीले एकैसाथ यी धुनहरू गुञ्जाउँदै थियो। यी मात्रै होइन, सारङ्गीको धुनबाटै मंगल धुन, सोरठी, मालश्री, साकेलालगायत धुनहरू हलभरि गुञ्जियो।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जमलस्थित नाचघरमा सारङ्गीलाई नै केन्द्रमा राखेर कार्यक्रम गरेको हो। नेपाली समाजमा सारङ्गी नौलो बाजा त होइन तर, अचेल सारङ्गी त्यति बजेको सुनिँदैन।

घरघर पुगेर सारङ्गी बजाउने चलन त लोपनै भइसक्यो। गन्धर्व समुदायले सारङ्गी बजाउन छोड्न थालेका छन्। यस्तै चिन्तास्वरुप सारङ्गीलाई केन्द्रमा राखेर संविधान दिवसको अवसरमा कार्यक्रम गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए। त्यस्तै मन्त्रालयले नेपालका सात हजार बढी बाजाहरू संकलन गरी राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको समेत उनले बताए।

कार्यक्रममा दुई दर्जन बढी नेपाली बाजाहरू प्रयोग गरिएका थिए भने मेचीदेखि महाकालीसम्मका लोप हुन थालेका विभिन्न धुनहरू सारङ्गीमा ‘हार्माेनाइज’ गरिएको थियो।

कार्यक्रममा कुनै मानवीय स्वरहरुको प्रयोग गीत र शब्दबाट गरिएको थिएन। मानवीय स्वर हार्माेनाइजबाट मात्रै भएको छ।

कार्यक्रममा सारङ्गीमार्फत् मंगल धुन (परम्परागत धुन), सोरठी (गण्डकी कर्णाली प्रदेशमा प्रचलित लय), पालम (लिम्बू समुदायमा प्रचलित लय), असारे भाका(रोपाइँको समयमा गाइने लय), मैथिली धुन (तराई क्षेत्रमा प्रचलित लय), कौडा (गण्डकी प्रदेशमा प्रचलित भाका) बजाइएकाे थियाे। त्यस्तै शिरसया नेवारी (नेवारी लोक धुन), संगीनी, (महिला समूहमा गाइने प्रचलित लय), वा माया वा (नेवारी लोक धुन), मालश्री (परम्परागत धुन), धिमाल धुन –पूर्वी तराईमा रहने धिमाल समुदायको), साकेला भाका (पूर्वी पहाडमा रहने किराँत समुदायको), म्हेन्दोमाया (मध्य नेपालमा रहने तामाङ  समुदायको), थकाली भाका (गण्डकी प्रदेशमा बसोबास गर्ने समुदायको), देउडा भाका (सुदूरपश्चिम, कर्णाली प्रदेशमा प्रचलित) पनि बजाइएको थियो।

प्रतिष्ठानका संगीत विभाग प्रमुख अशोक राईको संयोजकत्वमा भएको कार्यक्रममा खुम केसी, सबिन लिम्बु, सन्तोष पाठक, सन्जोक मल्ल, किरण महर्जन, राजु महर्जन, विजय तामाङ, केनियल क्रिष्टिफर सुब्बा, आयुष्मा जोशी, राहुल मानन्धर, मौसम सुनुवार, सरुण मानन्धर, व्रत गन्धर्व, दीपेश नेपाली, धर्म गन्धर्व, अरुणा गन्धर्व र चिकारा मेइदाले सारङ्गी बजाएका थिए।

त्यस्तै बासुरीमा रत्न बिके, सनाईमा धनबहादुर गुरुङ र ताल वादनमा खड्ग बुढा, अनिल श्रेष्ठ, पोषण घर्ती, राम मगरातीले साथ दिएका थिए। कार्यक्रममा लोकराज राईले टुङ्गना र हिरन राईले मुर्चुङ्गा, पात चरी बाजा र विनायो बजाएका थिए। त्यस्तै कला राई, मेनुका राई, निसा आङ्देम्बे, रमा थापा, गंगा राई, सन्जय तुम्रोक र सीता सिङ्गकले हार्माेनाइज गरेका थिए।

प्रतिष्ठानका कुलपति नारायणबहादुर श्रेष्ठ रायनले सारङ्गी बाजा र गन्धर्व जाति विस्तारै लोपोन्मुख भइरहेको बताए। पहिले गन्धर्व जाति सूचना सम्प्रेषण गर्ने माध्यम रहेको उल्लेख गर्दै उनले भने, ‘युद्धका खबरहरू, जीतहारका, रणमैदानको कुराहरु सम्प्रेषण गर्ने माध्यम थियो। उनीहरुको ठूलो इज्जत हुन्थ्यो।’ तर, अहिले त्यस्तो अवस्था छैन। गाइने/गन्धर्व अहिले छिःछिः दूरदूर भएर अपहेलित जिन्दगी बिताइरहेछन्। उनीहरू गन्धर्व/गाइने भएर बाँच्न सक्ने अवस्था छैन। उनीहरू आफ्नो जात बदलेर ठूला सहरहरूमा डेरा बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। यो जातिको बाजालाई, संस्कृतिलाई जोगाउन सानो प्रयास आफूहरुले गरिरहेको उनले बताए।

"> ‘सारङ्गीमा देश’: Dekhapadhi
‘सारङ्गीमा देश’
काठमाडौं। लिम्बु समुदायले गाउने पालममा सारङ्गीको प्रयोग हुन्न। सुदूरपश्चिम, कर्णाली प्रदेशमा प्रचलित देउडा भाकाका पनि सारङ्गीको धुन सुन्न पाइँदैन। तर, बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा तीन दर्जन बढी सारङ्गीले एकैसाथ यी धुनहरू गुञ्जाउँदै थियो। यी मात्रै होइन, सारङ्गीको धुनबाटै मंगल धुन, सोरठी, मालश्री, साकेलालगायत धुनहरू हलभरि गुञ्जियो।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जमलस्थित नाचघरमा सारङ्गीलाई नै केन्द्रमा राखेर कार्यक्रम गरेको हो। नेपाली समाजमा सारङ्गी नौलो बाजा त होइन तर, अचेल सारङ्गी त्यति बजेको सुनिँदैन।

घरघर पुगेर सारङ्गी बजाउने चलन त लोपनै भइसक्यो। गन्धर्व समुदायले सारङ्गी बजाउन छोड्न थालेका छन्। यस्तै चिन्तास्वरुप सारङ्गीलाई केन्द्रमा राखेर संविधान दिवसको अवसरमा कार्यक्रम गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए। त्यस्तै मन्त्रालयले नेपालका सात हजार बढी बाजाहरू संकलन गरी राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको समेत उनले बताए।

कार्यक्रममा दुई दर्जन बढी नेपाली बाजाहरू प्रयोग गरिएका थिए भने मेचीदेखि महाकालीसम्मका लोप हुन थालेका विभिन्न धुनहरू सारङ्गीमा ‘हार्माेनाइज’ गरिएको थियो।

कार्यक्रममा कुनै मानवीय स्वरहरुको प्रयोग गीत र शब्दबाट गरिएको थिएन। मानवीय स्वर हार्माेनाइजबाट मात्रै भएको छ।

कार्यक्रममा सारङ्गीमार्फत् मंगल धुन (परम्परागत धुन), सोरठी (गण्डकी कर्णाली प्रदेशमा प्रचलित लय), पालम (लिम्बू समुदायमा प्रचलित लय), असारे भाका(रोपाइँको समयमा गाइने लय), मैथिली धुन (तराई क्षेत्रमा प्रचलित लय), कौडा (गण्डकी प्रदेशमा प्रचलित भाका) बजाइएकाे थियाे। त्यस्तै शिरसया नेवारी (नेवारी लोक धुन), संगीनी, (महिला समूहमा गाइने प्रचलित लय), वा माया वा (नेवारी लोक धुन), मालश्री (परम्परागत धुन), धिमाल धुन –पूर्वी तराईमा रहने धिमाल समुदायको), साकेला भाका (पूर्वी पहाडमा रहने किराँत समुदायको), म्हेन्दोमाया (मध्य नेपालमा रहने तामाङ  समुदायको), थकाली भाका (गण्डकी प्रदेशमा बसोबास गर्ने समुदायको), देउडा भाका (सुदूरपश्चिम, कर्णाली प्रदेशमा प्रचलित) पनि बजाइएको थियो।

प्रतिष्ठानका संगीत विभाग प्रमुख अशोक राईको संयोजकत्वमा भएको कार्यक्रममा खुम केसी, सबिन लिम्बु, सन्तोष पाठक, सन्जोक मल्ल, किरण महर्जन, राजु महर्जन, विजय तामाङ, केनियल क्रिष्टिफर सुब्बा, आयुष्मा जोशी, राहुल मानन्धर, मौसम सुनुवार, सरुण मानन्धर, व्रत गन्धर्व, दीपेश नेपाली, धर्म गन्धर्व, अरुणा गन्धर्व र चिकारा मेइदाले सारङ्गी बजाएका थिए।

त्यस्तै बासुरीमा रत्न बिके, सनाईमा धनबहादुर गुरुङ र ताल वादनमा खड्ग बुढा, अनिल श्रेष्ठ, पोषण घर्ती, राम मगरातीले साथ दिएका थिए। कार्यक्रममा लोकराज राईले टुङ्गना र हिरन राईले मुर्चुङ्गा, पात चरी बाजा र विनायो बजाएका थिए। त्यस्तै कला राई, मेनुका राई, निसा आङ्देम्बे, रमा थापा, गंगा राई, सन्जय तुम्रोक र सीता सिङ्गकले हार्माेनाइज गरेका थिए।

प्रतिष्ठानका कुलपति नारायणबहादुर श्रेष्ठ रायनले सारङ्गी बाजा र गन्धर्व जाति विस्तारै लोपोन्मुख भइरहेको बताए। पहिले गन्धर्व जाति सूचना सम्प्रेषण गर्ने माध्यम रहेको उल्लेख गर्दै उनले भने, ‘युद्धका खबरहरू, जीतहारका, रणमैदानको कुराहरु सम्प्रेषण गर्ने माध्यम थियो। उनीहरुको ठूलो इज्जत हुन्थ्यो।’ तर, अहिले त्यस्तो अवस्था छैन। गाइने/गन्धर्व अहिले छिःछिः दूरदूर भएर अपहेलित जिन्दगी बिताइरहेछन्। उनीहरू गन्धर्व/गाइने भएर बाँच्न सक्ने अवस्था छैन। उनीहरू आफ्नो जात बदलेर ठूला सहरहरूमा डेरा बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। यो जातिको बाजालाई, संस्कृतिलाई जोगाउन सानो प्रयास आफूहरुले गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्