काठमाडौं। २०२० को एमटीभी भिडिओ म्युजिक अवार्डमा लेडी गागाले थुप्रै अवार्ड जितिन्। उनले पाँच वटा अवार्ड जितेकी थिइन्।
उनले आर्टिस्ट अफ द इयर पनि जितेकी थिइन्। क्रोमेटिक गायिका लेडी गागाले अवार्ड वितरण कार्यक्रममा थुप्रै प्रस्तुति राखिन्। उनले आफ्नो प्रस्तुतिभन्दा पनि मुखमा लगाएको मास्कका कारण सबैको ध्यान खिचिन्।
कोरोना महामारीबाट बच्नका लागि मास्क अनिवार्य भइरहेका बेला उनले लगाएको मास्कले भने सबैको ध्यान तानेको हो।
प्रस्तुति दिने क्रममा लेडी गागा ५ अलग अलग फेसमास्कमा देखिइन्। जसमा सिल्भर आउटफिटका साथै ट्रान्सप्यारेन्ट फिस बाउल फेस शिल्ड पनि लगाएकी थिइन्। त्यस्तै ग्रिल्ससँग चस्मा पनि लगाएकी थिइन्। उनले इलेक्ट्रोनिक मास्क पनि लगाएकी थिइन्। उनले सिङ भएको मास्क पनि लगाएकी थिइन्।
यसअघि पनि उनले विभिन्न प्रकारका मास्क लगाएर सबैको ध्यान तान्दै आएकी थिइन्। केही समय अगाडि पनि पिंक मास्क लगाएर आफ्नो प्रेमीसँग डिनर गरेको तस्वीर पनि चर्चामा आएको थियो।
३१ अगस्टमा न्यूयोर्कमा अआयोजित एमटीभी म्युजिक भिडिओ अवार्डमा ब्लाइडिङ्ग लाइट्सले भिडिओ अफ द इयरको अवार्ड जितेको थियो। त्यस्तै रेन अन मी गीतका लागि लेडी गागालाई सङ्ग अफ द इयर र कोलेबोरेशन गरी दुई वटा अवार्ड दिइएको थियो।
" /> काठमाडौं। २०२० को एमटीभी भिडिओ म्युजिक अवार्डमा लेडी गागाले थुप्रै अवार्ड जितिन्। उनले पाँच वटा अवार्ड जितेकी थिइन्।उनले आर्टिस्ट अफ द इयर पनि जितेकी थिइन्। क्रोमेटिक गायिका लेडी गागाले अवार्ड वितरण कार्यक्रममा थुप्रै प्रस्तुति राखिन्। उनले आफ्नो प्रस्तुतिभन्दा पनि मुखमा लगाएको मास्कका कारण सबैको ध्यान खिचिन्।

">