ट्वीटरमा फलोअर घट्दा कंगना चिन्तित
एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौतका ट्वीटर फलोअर घट्न थालेका छन्। दैनिक ४० देखि ५० हजारको संख्यामा ट्वीटर फलोअर घट्न थालेका हुन्। कंगना सुशान्तसिंह राजपूतको आत्महत्यापछि नातावाद र गुटबन्दीका विषयमा चर्को आवाज उठाउँदै आएकी छिन्।

यो घटनामा उनले थुप्रैलाई आरोपसमेत लगाएकी छन्। जसका कारण उनलाई मन नपराउनेहरूको संख्या बढेको हो।

ट्वीटर ह्यान्डलबाट फलोअर ह्वात्तै घटेपछि कंगनाले आफू यो प्लेटफर्ममा नयाँ भएको र पूर्ण रूपमा यसबारे जानकार नरहेको बताइन्।

उनले ट्वीटर इण्डिया र ट्वीटरका सीईओलाई मेन्सन गरेर सहयोग गर्न अपिलसमेत गरेकी छन्।

पछिल्लो समय उनी ट्वीटरमा निकै सक्रिय छिन्। थुप्रै मुद्दामा उनी निर्धक्क भएर बोलिरहेकी कंगना सुशान्तको पक्षमा बोल्दा आफ्नो फलोअर नै कम भएकाले चिन्ता व्यक्त गरेकी छिन्।

उनले बलिउडमा नेपोटिजम, गु्रपिजम तथा ड्रगको व्यापार निकै बढी हुने गरेको बताउँदै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्