काठमाडौं। एकपछि अर्को सफलता हात पार्दै आएकी नायिका स्वस्तिमा खड्काले यतिबेला आफ्नै युट्युब च्यानल सुरु गरेकी छन्। चलचित्रको सुटिङ रिपोर्ट तथा अन्य गतिविधिबारे जानकारी दिन उनले च्यानल सञ्चालनमा ल्याएकी हुन्।
उनले अपलोड गरेको पहिलो अफिसियल भिडिओमा एक दर्शकले उनलाई तपाईंको पहिलो पारिश्रमिक कति थियो भनेर प्रश्न गरेका छन्। जुन प्रश्नको जवाफमा उनले आफ्नो पहिलो पारिश्रमिक १५ हजार रुपैयाँ भएको बताएकी छन्। तर त्यसमा पनि आधा पारिश्रमिक पाउनै बाँकी रहेको उनको भनाइ छ।
डेब्यू चलचित्र ‘होस्टेल रिटर्न्स’मा स्वस्तिमा सहायक भूमिकामा थिइन्। त्यो समय उनी अविवाहित नै थिइन्। ५ वर्ष अगाडि प्रदर्शनमा आएको यो फिल्म स्वस्तिमाले १५ हजार पारिश्रमिकमा साइन गरेकी थिइन्।
उनले भनेकी छन्, ‘‘मैले १५ हजारमा पहिलो फिल्म साइन गरेको थिएँ। र, अझै आधा पैसा लिन बाँकी छ। तर, यही फिल्मका कारण म यहाँसम्म आइपुगेकी हुँ। पहिलो फिल्ममा धेरै कुरा सिक्न पाएको थिएँ। मलाई त्यतिबेला एउटा प्लेटफर्म जरुरी थियो। त्यसैले निर्मातासँग कुनै गुनासो छैन।’’
सुनिल रावलले निर्माण गरेको उक्त चलचित्र त्यो समय एकदमै चर्चामा आएको थियो।
त्यस्तै उनलाई अर्का दर्शकले सोधेको प्रश्न छ- अब तपाईं चलचित्र निर्माण गर्ने सोचमा हुनुहुन्छ ? जसको जवाफमा उनले एकल लगानीमा चलचित्र निर्माण गर्ने सोच नरहेको बताएकी छन्। तर, सेयर भने हाल्न सक्ने उनको भनाइ छ।
स्कुल पढ्दा कसैसँग अफेयर थियो कि भन्ने अर्को प्रश्नमा उनले ट्युसन पढाउने शिक्षकसँग भने सामान्य अफेयर चलेको बताइन्।
निश्चल वस्नेतसँग विवाह गरेपछि उनले थुप्रै चलचित्रमा काम गरिन्। जुन निकै चर्चामा रहे। ‘दुई रुपैयाँ’, ‘छक्का पञ्जा २’, बुलबुल, लगायतका चलचित्रमा काम गरेकी स्वस्तिमा अब दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चिसो मान्छे मात्र काम गर्दैछिन्।