‘एनवाई मेट्स’ किन्न नपाउँदा जेनिफर लोपेज निराश  <p>एजेन्सी। हलिउड नायिका तथा गायिका जेनिफर लोपेजले न्यूयोर्क (एनवाई) मेट्स बेसबल टिम खरिद गर्न नपाउँदा आफू निराश भएको बताएकी छन्। अब लामो समयसम्म उक्त टिम खरिद गर्न आफू&nbsp;लागि नपर्ने उनले स्पष्ट पारेकी छन्।&nbsp;</p> <p>अमेरिकी ५१ वर्षीय नायिका तथा गायिका लोपेजले सामाजिक सञ्जाल मार्फत एनवाई मेट्स खरिद गर्न नपाएकोमा निराशा व्यक्त गरेकी हुन्।</p> <p>&ldquo;एलेक्स र म एकदमै निराश भएका छौं,&rdquo; लोपेजले लेखेकिछन्। एलेक्स लोपेजका प्रेमी हुन्। लोपेज र एलेक्सले संयुक्त रुपमा एनवाई मेट्स खरिद गर्न चाहेका थिए।</p> <p>&ldquo;हामीले पछिल्लो ६ महिनामा यति धेरै मेहनत गरेका थियौं त्यो साकार हुन सकेन। बुबालाई मनपर्ने प्रमुख लीग बेसबल टीमलाई आफ्नो मेहनतको कमाईले खरिद गरी पहिलो महिला मालिक बन्ने सपना देखेको थिएँ। तर, अझै हामीले हार मानेका छैनौं,&rdquo; लोपेजले भनिन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्