"> 'ब्ल्याक प्यान्थर' का अभिनेता चाडविक बोसम्यानको निधन: Dekhapadhi
'ब्ल्याक प्यान्थर' का अभिनेता चाडविक बोसम्यानको निधन
एजेन्सी। हलिउड अभिनेता चाडविक बोसम्यानको निधन भएको छ। २०१८ मा प्रदर्शनमा आएको चर्चित चलचित्र 'ब्ल्याक प्यान्थर'का अभिनेता चाडविकको ४३ वर्षको उमेरमा निधन भएको हो।

चार वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका उनको लस एन्जल्सस्थित निवासमै निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अन्तिम स्वास लिँदा उनकी श्रमिती तथा परिवारका सदस्य उनीसँगै घरमै थिए। उनको निधनपछि परिवारले एक प्रेस नोट जारी गरेका छन्।

साउथ क्यारोलिना राज्यमा जन्मिएका बोसम्यानले हावर्ड विश्वविद्यालयबाट स्नातक गरेका थिए। त्यसपछि चलचित्र यात्रामा प्रवेश गरेका उनी करियरको सुरूमा टेलिभिजनमा काम गर्थे।

सन् २०१३ मा रिलिज भएको अमेरिकी बास्केट बल खेलाडी ज्याकी रोबिन्सनको जीवनीमा आधारित '४२' सिनेमाबाट उनी निकै चर्चित बनेका थिए।

प्रतिक्रिया दिनुहोस्