'चिसो मान्छे'का लागि स्वस्तिमा तयार, महामारीले अन्य कलाकार छनोटमा समस्या
काठमाडौं। दीपेन्द्र के खनालको निर्देशनमा चलचित्र 'चिसो मान्छे' बन्न लागेको छ। त्यसको लागि स्क्रिप्ट लेखन तथा कलाकार छनोटको काम चलिरहेको छ। यहिबीच अभिनेत्री स्वस्तिमा खड्का काम गर्ने भएकी छिन्। उनीसँग मौखिम रूपमा कुराकानी भएको र केही दिनमा लिखित सम्झौता गरिने निर्देशक खनालले बताए।

स्वस्तिमा अभिनित पछिल्लो चलचित्र ‘चपली हाइट-३’ प्रदर्शनको तयारीमा छन्। कोरोना महामारीका कारण प्रदर्शन रोकिएको छ। उनले अब सामाजिक कथामा बन्न लागेको यो चलचित्रमा उनी काम गर्न सहमत भएको निर्देशक खनालको भनाई छ।

अन्य कलाकार छनोटको काम भने कोरोना महामारीका कारण हुन सकेको छैन्।

"महामारीले गर्दा अन्य कलाकार छनोटमा समस्या परेको छ। अभिनेता कसलाई राख्ने भन्नेमा टुंगो लागेको छैन्। अन्य कलाकार छनोटमा पनि समस्या भइरहेको छ," निर्देशक खनालले भने।

सरकारले अनुमति दिएसँगै छायांकन शुरू गरिने उनको भनाई छ। यो चलचित्रको प्रदर्शन मिति आउँदो वर्षको भदौं ११ गतेलाई तोकिएको छ। शर्मिला पाण्डे निर्मात्री रहेको यो चलचित्रमा दीपेन्द्र र उनीबीच लकडाउनकै बीच सहमति भएको थियो।

दीपेन्द्र नेपाली चलचित्रमा अब्बल निर्देशक मानिन्छन्। उनले निर्देशन गरेका दर्जनौ चलचित्रले राम्रो नाम र दाम कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्