सुशान्तसिंह राजपूतकी प्रेमिका भन्छिन्- अब मैले आत्महत्या गरेँ भने त्यसको जिम्मेवार को?
<p>काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणलाई लिएर उनकी प्रेमिका रिया चक्रवर्तीमाथि विभिन्न किसिमका आरोप लागिरहेका छन्।</p>
<p>तर, यस्ता खाले सबै आरोपलाई अस्विकार गरिरहेकी रियाले बिहीबार भारतीय टेलिभिजन आजतकसँगको अन्तरवार्तामा आफूले आत्महत्या गरे त्यसको जिम्मेवारी कसले लिने प्रश्न गरेकी छन्।</p>
<p>सुशान्तलाई लागूपद्धार्थ खुवाएर उनीमाथि रियाले नियन्त्रण जमाएको विषयमा बोल्दै रियाले आफू सबै कुराबाट दिक्क भएको सङ्केत गरिन्। </p>
<p>“के अब मलाई आरोप लगाउन यही कुरा मात्र बाँकी थियो? म त भन्छु एक बन्दुक लिएर आऊ, मेरो परिवार लाइनमा उभिन्छ। गोली हानेर सबैलाई उडाइदेऊ। नत्र हामी पनि आत्महत्या गर्छौं अनि त्यसको जिम्मेवारी कसले लिन्छ?” रिया भन्छिन्, “म यी सबै आरोप अस्विकार गर्छु। यी सबै बनाइएका कुरा हुन्। अनुसन्धानमा असर पुग्ने भएकाले म विस्तृतमा जान चाहन्न।”</p>
प्रतिक्रिया दिनुहोस्
