सुशान्तको शव देखेर रियाले भनेको 'सरी बाबू'ले जन्मायो आशंका

एजेन्सी। सुशान्तसिंह राजपूतको आत्महत्या घटना दिन प्रतिदिन जटिल बन्दै गएको छ। जुन १४ मा आफ्नै कोठामा मृत फेला परेका सुशान्तको हत्या वा आत्महत्या भन्ने विषयमा सीबीआईले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा नयाँ/नयाँ रहस्य सार्वजनिक भइरहेका छन्। यसैबीच उनकी प्रेमिका रिया चक्रवर्ती शव गृहमा पुगेर सुशान्तको शव हेर्दै 'सरी बाबू' भनेकी थिइन्। जुन कुरा रिया स्वयमले नै स्वीकार गरेकी छिन्।

पछिल्लो समय रियामाथि सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागिरहेको छ। तर, उलने आफूलाई लाग्दै आरोपमा सफाई पनि दिँदै आएकी छन्। त्यही क्रममा उनले सुशान्तको मृत्युपछि अन्तिम पटक 'सरी बाबू' भनेकोबारे तथा शवगृहमा रोकिएकोबारे समेत बताएकी छिन्।

इण्डिया टुडेसँगको अन्तर्वार्ताको क्रममा रियाले आफू सुशान्तको मृत्यु भएको दिन दिउँसो २ बजे घरमै भाईसँग रहेको बताएकी छिन्।

"रियाकी एक साथीले फोन गरेर 'सुशान्तको मृत्युबारे खबर आइरहेको छ र यो अफवाह रोक्नलाई आग्रह गरेकी थिइन्। मलाई फोन गरेर सुशान्तले आतमहत्या गर्‍यो भन्ने अफवाह आइरहेको छ। तिमी सुशान्तलाई एक स्टेटमेन्ट जारी गर्न लगाउ त,' भनेकी थिइन्," उनले अन्तर्वाताको क्रममा भनेकी छिन्।

सुशान्तको मृत्युको खबरपछि आफू सुशान्तको घर नगएको उनले दाबी गर्दै आएकी छिन्। सुशान्तको परिवार आफ्नो घर नआईदिओस् भन्ने चाहना राखेकाले आफू नगएको उनको प्रष्टोक्ति छ।

शवगृहमा सुशान्तलाई अन्तिम पटक 'सरी बाबू' भन्नुको कारण के थियो भन्ने प्रश्नमा उनले भनिन्, "यस्तो अवस्थामा के भन्न सक्थ्येँ र? जसले आफ्नो ज्यान गुमाईसकेका थिए। उनलाई सरी मात्र भन्न सकेँ। यदि यो भनाईलाई गलत अर्थ लाग्छ भने म के भन्न सक्छु।"

उनले शवगृहमा ३-४ सेकेण्ड मात्र बसेको बताइन्।

"मलाई बाहिर पर्खिन भनियो। मेरा साथीले कसैलाई एक पटक शवलाई हेर्न दिन अनुरोध गरेका थिए। तर, 'पोष्टमार्टम सकिएर शवलाई जब गाडीमा राखिन्छ त्यही बेला मात्र शव हेर्न मिल्ने' बताइएको थियो," उनले भनिन्, "शवगृहबाट शव निकालेपछि मैले ३-४ सेकेण्ड मात्र हेरेँ। त्यही बेला मैले सरी भनेकी थिए। उनको सम्मानका लागि मैले उनका खुट्टा छोएकी थिएँ।"

प्रतिक्रिया दिनुहोस्