पूजा र पलको 'पहिलो पल्ट भेट हुँदा'

काठमाडौं। पूजा शर्मा र पल शाह अभिनित गीत 'पहिलो पल्ट भेट हुँदा' सार्वजनिक भएको छ। सरोज ओली र रचना रिमालको स्वरमा रहेको यो गीत आज सार्वजनिक भएको हो।

दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। कविराज गहतराजको निर्देशनमा बनेको भिडिओलाई अमन मानन्धरले सम्पादन गरेका हुन्।

‘म यस्तो गीत गाउँछु’ चलचित्रमार्फत दुवै जनाको जोडी बाँधिएको थियो। त्यसपछि ‘म यस्तो गीत गाउँछु-२’ पनि उनीहरू नै देखिएका छन्।

फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘म यस्तो गीत गाउँछु-२’ कोरोना महामारीका कारण अनिश्चित बनेको छ।

पछिल्लो समयमा विवादमा तानिएकी पूजाले महामारीका बेला केही म्यूजिक भिडिओमा मात्र काम गरेकी छिन्। यसअघि उनले आकाश अधिकारीसँग 'संयौ जूनी' बोलको गीतमा अभियन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्