५६ वर्षका ब्राड पिट २७ वर्षीय जर्मन मोडलसँग फ्रान्समा भेटिए
एजेन्सी। हलिउड स्टार ब्राड पिट आफूभन्दा आधा उमेर कमकी जर्मन मोडल निकोल पुटरस्कीसँग प्रान्समा भेटिएका छन्। पछिल्लो दिन ५६ वर्षीय ब्राडको रोमान्स २७ वर्षे निकोलसँग चलिरहेको अनुमान गरिएको छ।

निकोल ब्राडकी पूर्व श्रीमति एन्जेलिना जोली जस्तो देखिएको समेत जनाइएको छ। निकोललाई भेट्न ब्राड आफ्ना निजी जेट प्लेन चढेर दक्षिण फ्रान्स पुगेका हुन्।

ब्राड फ्रान्समा छट्यु मिराभलमा बसेको विश्वास गरिएको छ, जसलाई उनले सन् २०११ मा ६ करोड ७० लाख अमेरिकी डलरमा किनेका थिए। निकोल यसअघि नै विश्व चर्चित फेसन म्यागेजिनहरूमा कभर गर्लको रूपमा देखिइसकेकी छन्।

ब्राडले चार वर्ष अघि ४५ वर्षे एन्जेलिना जोलीसँग सम्बन्ध बिच्छेद गरेका थिए। सम्बन्ध बिच्छेदपछि गत मार्चसम्म ब्राडको नाम कसैसँग जोडिएको थिएन। उनले एन्जेलिनासँग १२ वर्ष देखिको प्रेम र २ वर्ष देखिको वैवाहिक सम्बन्ध तोडेका थिए। ब्राड र एन्जेलिनाका ६ सन्तान छन्।

प्रतिक्रिया दिनुहोस्