केटी पेरी आमा बनिन्
<p>एजेन्सी। गायिका केटी पेरी आमा बनेकी छन्। उनले बुधबार छोरीलाई जन्म दिएकी हुन्।</p>
<p>छोरीको नाम डेसी डोभ राखेको उनी आफैले सार्वजनिक गरेकी छन्। छोरी जन्मिएपछि पेरी र उनको प्रेमी र्ओलान्डो छोरीको हात समाएको श्वामश्वेत फोटो सार्वजनिक गरेका छन्।</p>
<p>डेसी डोभ पेरीकी पहिलो सन्तान हुन्। बच्चा स्वास्थ्य र सुरक्षित रुपमा जन्मेकोमा आफूहरू अत्यन्त खुसी भएको पेरी र र्ओलान्डोले जनाएका छन्।</p>
<p>पेरी र र्ओलान्डोको पहिलो भेट सन् २०१६ मा गोल्डन ग्लोब्समा भएको थियो। उनीहरूको रोमान्स सन् २०१८ देखि शुरु भएको थियो। उनीहरूले यसै वर्षको म्यालेन्टाइन डेमा इनगेजमेन्ट गरेका थिए। पेरी ३५ वर्षकी भईन् भने र्ओलान्डो ४३।</p>
प्रतिक्रिया दिनुहोस्
