काठमाडौं। गत चैतदेखि नेपाली चलचित्र उद्योग बन्द छ। प्रदर्शनको मिति तय गरेर बसेका चलचित्र अनिश्चितकालका लागि रोकिए। छायांकन चलिरहेका चलचित्र पनि यथावस्थामा रोकिएका छन् भने चलचित्र हलमा ताल्चा लागेको पाँच महीना भइसक्यो।

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गइरहेका बेला चलचित्र क्षेत्र पनि चलायमान बन्ने कुनै छनक देखिएको छैन। सुस्त गतिमा अगाडि बढिरहेको नेपाली चलचित्र उद्योग यस्तो महामारीमा अगाडि बढाउने भन्नेमा कसैको हिम्मत देखिएको छैन। महामारी कहिलेसम्म जान्छ भन्ने टुंगोमा छैन।

यस्तो अवस्थामा छिमेकी देश भारतमा भारतमा धमाधम डिजिटल प्लेटफर्ममार्फत् चलचित्र प्रर्दशनमा आइरहेका छन्। संक्रमित बढिरहेको अवस्थामा पनि भारतको सूचना तथा प्रशारण मन्त्रालयले छायांकनको अनुमति दिएको छ। तर, नेपालमा भने महामारीको अन्त्य वा संक्रमणदर कम नहुँदासम्म केही गर्न नसकिने नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का बताउँछन्।

“अहिले त महामारीबाट कसरी बच्ने भन्नेमा नै सबैको ध्यान गएको छ। अरू विकल्प वा चाँडै छायांकनमा जाने भन्ने सोचेका छैनौं”, अध्यक्ष खड्काले भने। नयाँ लगानीका चलचित्रलाई युट्युब वा टेलिभिजनमार्फत पनि प्रदर्शनमा ल्याउन सम्भव नभएको भन्दै थोरै लगानीमा बनेको वा हलमा प्रदर्शनमा आइसकेको चलचित्रलाई मात्र तत्काल यसरी सम्भव भएको उनको भनाइ छ।

डिजिटल प्लेटफर्ममा सम्भव छैन ?

भारतमा एकैदिन तीन वटा चलचित्रसम्म डिजिटल प्लेटफर्ममार्फत् प्रदर्शनमा आएका छन्। सबै हल बन्द रहेका बेला गत जुन १२ तारिखमा अमिताभ बच्चन अभिनित चलचित्र ‘गुलाबो सिताबो’ प्रदर्शनमा आयो। उक्त चलचित्रले निकै लोकप्रियता कमायो। त्यसपछि भने बलिउडकर्मी डिजिटल प्लेटफर्मतर्फ आकर्षित भए। सुशान्तसिंह राजपूत अभिनित चलचित्र ‘दिल बेचारा’ले त थुप्रै रेकर्ड कायम गरे।

त्यसपछि भने थुप्रै बलिउड चलचित्र डिजिटल प्लेटफर्मतर्फ आर्कषित भइरहेका छन्। भारतमा अमेजन, हटस्टार, नेटफिलिक्स जस्ता डिजिटल प्लेटफर्म छन्। विभिन्न अध्ययनले सन् २०२३ सम्म ३.६ लाख करोड भारू बराबरको कारोबार डिजिटल प्लेटफर्म हुने देखाएको छ। भारतमा यतिबेला सिनेमा हलभन्दा पनि ओडीटी (आउट दी टप) अर्थात डिजिटल प्लेटफर्म लोकप्रिय बनिरहेको छ।

तर, नेपालमा भने तत्काल डिजिटल प्लेटफर्मको प्रयोग गर्नु सम्भव देखिँदैन। एक त नेपालमा ठूला ओडीटी प्लेटफर्म नै छैनन्। अन्तर्राष्ट्रिय स्तरका ब्राण्डमा नेपाललाई भने सहभागी गराइएको छैन। चलचित्र निमार्ता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार नेटफिलिक्स, अमेजोन जस्ता प्लेटफर्मले नेपालमा आफ्नो प्रयोगकर्ता नै नरहेको बताउँछन्।

नेपालबाट यिनीहरूलाई पैसा तिर्न पनि समस्या हुने गरेको उनको भनाइ छ। राष्ट्र बैंकसँग भिसा कार्डको व्यवस्था गरिदिन पटक पटक आग्रह गर्दै आएको उनले बताए। “तत्काल कुनै ठूलो डिजिटल प्लेटफर्मको निर्माण गर्न सम्भव छैन। यिनीहरूलाई पैसा तिर्न नेपालीसँग एक्सेस छैन”, अध्यक्ष अधिकारीले भने, “यसका लागि राष्ट्र बैंकलाई भिसा कार्डको व्यवस्था गरिदिन आग्रह गर्दै आएका छौं। कुनै सुनुवाइ भएको छैन।”

विदेशमा बस्ने नेपालीमार्फत खोलिएको एकाउण्टबाट ३० प्रतिशत नेपालीले हेर्ने गरेको उनको भनाइ छ। दीर्घकालका लागि एकदमै राम्रो सम्भावना भएपनि महामारी सकिँदासम्म चुप लागेर बस्नुको विकल्प नभएको अध्यक्ष अधिकारीले बताए।

मोबाइल एप निर्माणतर्फ

पछिल्लो समय केही नेपालीले यो काममा लागेको देखिन्छ। अभिनेत्री ऋचा शर्माले चलचित्र टिभी मोवाइल एप निर्माण गरेकी छिन्। जसमा उनले तत्काल हलमा प्रदर्शनमा आइसकेका चलचित्र मात्र राखेकी छिन्। त्यस्तै दामी म्यूजिक मोबाइल एपमा पनि प्रदर्शनमा आइसकेका चलचित्र राखिएका छन्।

तत्काल हलमा प्रदर्शनमा आएका तर, अन्य डिजटल प्लेटफर्ममा सार्वजनिक नभएका चलचित्र निश्चित पैसा तिरेर हेर्न मिल्ने गरी प्रदर्शनमा आएका हुन्। ऋचाले आफूहरूले हलमा प्रदर्शनमा हुन नपाएका नयाँ चलचित्र पनि प्रदर्शनमा ल्याउन सक्ने बताइन्। हाल छक्का पञ्जा चलचित्रलाई आफ्नो मोबाइल एपमा राखेकी ऋचाले चलचित्रकर्मीले रूची देखाएको खण्डमा हलमा प्रदर्शनमै आउन नसकेका चलचित्रलाई पनि राख्न सकिने बताइन्।

दामी म्यूजिक एपका संस्थापक सुदीप पोखरेलले तत्काल प्रदर्शनमा आएका चलचित्र र भविष्यमा गएर नयाँ चलचित्र पनि राख्न सकिने बताए। दामी म्यूजिक एपमार्फत ७५ रूपैयाँ तिरेर एक चलचित्र हेर्न सकिने व्यवस्था मिलाइएको छ। तत्कालै ठूलो लगानीमा निर्माण भएका चलचित्र प्रदर्शनमा ल्याउन सकिने अवस्था नरहे पनि स–साना चलचित्र भने एपमा राख्न सकिने पोखरेलको भनाइ छ।

" /> काठमाडौं। गत चैतदेखि नेपाली चलचित्र उद्योग बन्द छ। प्रदर्शनको मिति तय गरेर बसेका चलचित्र अनिश्चितकालका लागि रोकिए। छायांकन चलिरहेका चलचित्र पनि यथावस्थामा रोकिएका छन् भने चलचित्र हलमा ताल्चा लागेको पाँच महीना भइसक्यो।

"> चलचित्र क्षेत्रलाई डिजिटल प्लेटफर्ममा लैजान कतिको सम्भव ? चलचित्रकर्मी भन्छन्, ‘तत्काल सकिँदैन’: Dekhapadhi
चलचित्र क्षेत्रलाई डिजिटल प्लेटफर्ममा लैजान कतिको सम्भव ? चलचित्रकर्मी भन्छन्, ‘तत्काल सकिँदैन’

प्रतिक्रिया दिनुहोस्