मानस राजको गीत ‘उठ्न देऊ’

काठमाडौं। गायक मानस राजको गीत ‘उठ्न देऊ’ सार्वजनिक भएको छ।

मनिष वशिष्ठको शब्द रहेको गीतमा संगीत तथा स्वर भने मानसकै छ।

उक्त गीतको म्युजिक भिडिओमा सञ्जुबाबाको अभिनय छ।

त्यस्तै भिडिओमा संगीता थापासँगै बालकलाकार क्रिभिषेश खड्काको पनि अभिनय छ।

रिक्की कर्माचार्यको छायांकन तथा सम्पादन रहेको भिडिओलाई मानसले नै निर्देशन गरेका हुन्।

पेशागत समस्याले सिर्जना गरेको व्यवहारिक कठिनाइ र त्यसपछि तहसनहस बनेको जीवन कसरी फेरि उठाउन सकिन्छ भन्ने कुरा भिडिओमा देखाइएको छ।

व्यवहारिक समस्यापछि व्यक्ति कूलतमा फस्न सक्छ र उसको चेत खुलेपछि पुनः सामान्य जीवनमा आउन सक्छ भन्ने सन्देश यो भिडिओले दिएको छ।

१५ महिना अगाडि सामाजिक सञ्जालमा सञ्जुबाबा ह्युमेनिटीलाई देखेपछि यो गीतको भिडिओ बनाउने साेच आएको मानसको भनाइ छ।

यसअघि मानस राजको ‘भाइरल भइदियो’ बोलको गीत सार्वजनिक भएको थियो। उक्त गतिले राम्रो चर्चा कमाएको थियो।

प्रतिक्रिया दिनुहोस्