काठमाडौं। बलिउड अभिनेत्री करिना कपूरा दोस्रो पटक आमा बन्दैछिन्। तीन वर्ष अगाडि तैमुर अलि खान पादूकोणलाई जन्मदिएकी करिना दोस्रो पटक आमा बन्न लागेकी हुन्।
यतिबेला उनी घरमै छिन्। एकातिर कोरोना महामारीका कारण चलचित्र क्षेत्र बन्द छ भने अर्कोतिर गर्भवती भएपछि घरमै आराम गरिरहेकी छिन्।
घरमै रहेका बेला पनि उनले आफ्नो कामलाई भने निरन्तरता दिइरहेकी छिन्। श्रीमान सैफ अली खान र उनले घरमै एक विज्ञापनको छायांकन गरेका छन्। गर्भवती अवस्थामा आवश्यक पर्ने सामानबारेमा विज्ञापनको छायांकन गरेकी हुन्। २२ अग्रस्टमा उनले घरमै एक इलेक्ट्रोनिक ब्राण्डको विज्ञापन छायांकन गरेकी हुन्।
महामारीका कारण उनले घरमै सुरक्षित साथ विज्ञापनको छायांकन गरेकी हुन्। उक्त सुटिङका लागि सैफ अली खानको घरमा एक हप्ता पहिला नै तयारी गरिएको थियो। गर्भवतीका कारण थोरै मानिसहरूको प्रयोग गरिएको थियो।
त्यसअघि १५ जनाको कोरोना परीक्षण गरिएको थियो। छायांकन हुनुभन्दा पहिला क्रू मेम्बरसहित सबै सामानको स्यानिटाइज गरिएको थियो। यसअघि पनि पहिलोपटक गर्भवती हुँदा करिनाले थुप्रै विज्ञापनमा काम गरेकी थिइन्।
त्यो बेला विज्ञापनसँगै उनी चलचित्रको छायांकनमा पनि सहभागी भएकी थिइन्। तर, अहिले कोरोना महामारीका कारण घरभित्रै स-सानो काम गरिरहेकी हुन्।
" /> काठमाडौं। बलिउड अभिनेत्री करिना कपूरा दोस्रो पटक आमा बन्दैछिन्। तीन वर्ष अगाडि तैमुर अलि खान पादूकोणलाई जन्मदिएकी करिना दोस्रो पटक आमा बन्न लागेकी हुन्।यतिबेला उनी घरमै छिन्। एकातिर कोरोना महामारीका कारण चलचित्र क्षेत्र बन्द छ भने अर्कोतिर गर्भवती भएपछि घरमै आराम गरिरहेकी छिन्।

">