एजेन्सी। आलिया भट्ट अभिनित चलचित्र सडक-२ को ट्रेलरले डिसलाइक बढी पायो। सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणका कारण विवादमा तानिएकी आलिया अब भने चलचित्र यात्रा निकै कठिन हुने देखिएको छ।
नातावाद तथा गुटबन्दीको आरोप खेपिरहेकी आलिया अभिनित सडक-२ बाट निर्माताहरू सचेत हुन थालेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। महेश भट्ट निर्देशित चलचित्रमा सडक-२ मा छोरी आलियालाई काम गराएका थिए। त्यही कारण उनीहरूमाथि नातावादको आरोप लागिरहेको छ।
विवादमा मुछिएपछि अन्य चलचित्र निर्माताहरू भने आलियालाई काममा लगाउँदा सोच्नुपर्ने भन्दै आएका छन्। आलियालाई लिएर चलचित्र निर्माणको तयारीमा रहेका निर्माता तथा सहनिर्माता नयाँ ढंगले विचार गर्नुपर्ने मनसायमा देखिएका हुन्।
आमा बुवामार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेका चलचित्रकर्मीमाथि यतिबेला हमला भइरहेको छ। जसका कारण पनि उनलाई लिएर चलचित्र बनाउँदा थप समस्यामा पर्न सक्ने भन्दै उनीहरू नयाँ ढंगले विचार गर्ने मनसायमा पुगेका हुन्।
आलियाको ब्रह्मास्त्र र गंगूबाई काठियावाड प्रर्दशनमा आउने तयारीमा छन्। सडक-२ भने डिजिटल प्लेटफर्म हटस्टारमा २८ अगस्टमा प्रदर्शनमा आउँदैछ।
" /> एजेन्सी। आलिया भट्ट अभिनित चलचित्र सडक-२ को ट्रेलरले डिसलाइक बढी पायो। सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणका कारण विवादमा तानिएकी आलिया अब भने चलचित्र यात्रा निकै कठिन हुने देखिएको छ।नातावाद तथा गुटबन्दीको आरोप खेपिरहेकी आलिया अभिनित सडक-२ बाट निर्माताहरू सचेत हुन थालेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। महेश भट्ट निर्देशित चलचित्रमा सडक-२ मा छोरी आलियालाई काम गराएका थिए। त्यही कारण उनीहरूमाथि नातावादको आरोप लागिरहेको छ।

">