एजेन्सी। कोरोना महामारीकाबीच भारतीय चलचित्र क्षेत्र सक्रिय हुन थालेको छ। हालै भारतको सूचना एवं प्रशारण मन्त्रालयले छायांकनका लागि अनुमति दिएको छ। स्वास्थ्य सुरक्षा मापदण्ड बनाउँदै चलचित्र तथा टेलिभिजन कार्यक्रमको छायांकनका लागि अनुमति दिएको थियो।
अनुमति पाएसँगै छलचित्रहरूले छायांकन तालिका निकाल्न थालेका छन्। विश्वकै ठूलो बजार रहेको बलिउड मार्चदेखि बन्द थियो। यतिबेला थुप्रै चलचित्र डिजिटल प्लेटफर्म मार्फत प्रदर्शनमा आएका छन्। सिनेमा घरमा प्रदर्शन मिति तय गरेका चलचित्रले अनिश्चितकालका लागि पोष्टपेण्ड भएका थिए।
लकडाउनपछि ठूलो बजेटमा निर्माण भइरहेको अक्षय कुमार अभिनित बेल बटमको बेलायतमा छायांकन भइरहेको छ। त्यस्तै आमिर खान अभिनित चलचित्र लाल सिंह चड्डाको पनि छायांकन भइरहेको छ। त्यसका लागि उनी टर्की पुगेका छन्। त्यस्तै तापसी पन्नूको रश्मि रकेट, जोन अब्राहमको मुम्बई सागा को पनि चाँडै छायांकन शुरू हुदैछ।
त्यस्तै चर्चित रियालटी शो कौन बनेगा करोडपतिको पनि छायांकनको तयारी भइरहेको छ। शो का सञ्चालक सुपरस्टार अमिताभ बच्चन कोरोना संक्रमित भएपछि छायांकन अनिश्चित बनेको थियो। अब भने चाँडै छायांकन शुरू हुने अमिताभले जनाएका छन्।
अन्य टेलिभिजन शो को पनि धमाधम छायांकनको काम अगाडि बढेको छ। ठूलो बजेटमा चलचित्रहरू पृथ्वीराज चौहान, गंगुबाई, पठान लगायतका चलचित्रको छायांकन पनि चाँडै हुनेछ। यिनीहरूको छायांकन इन्डोर हुनेछ। अक्टोबरबाट कोरोना महामारीको भ्याक्सिन बजारमा आउने मनसायका साथ बलिउडकर्मी काममा जुटेका हुन्।
चलचित्रको छायांकन शुरू भएपनि सिनेमा हल भने तत्काल खुल्ने छैनन्। तत्कालको परिस्थितिमा दर्शकहरू हलसम्म आउन एकदमै जोखिम हुने भन्दै हल सञ्चालक अक्टोबरसम्म पर्खिने मनसायमा छन्। चलचित्र निर्माताहरूको संस्था इम्पाका प्रमुख टीपी अग्रवालले चलचित्रको छायांकन शुरू भएपनि हल भने तत्काल खोल्न नसकिने बताए।
हल सञ्चालकहरू तत्काल नै चलचित्र प्रर्दशनमा ल्याउन डराइरहेको भन्दै अक्टोबरभन्दा अगाडि हल खुल्न नसक्ने बताए। कोरोना महामारीका कारण बलिउडमा १३०० करोड भन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ।
" /> एजेन्सी। कोरोना महामारीकाबीच भारतीय चलचित्र क्षेत्र सक्रिय हुन थालेको छ। हालै भारतको सूचना एवं प्रशारण मन्त्रालयले छायांकनका लागि अनुमति दिएको छ। स्वास्थ्य सुरक्षा मापदण्ड बनाउँदै चलचित्र तथा टेलिभिजन कार्यक्रमको छायांकनका लागि अनुमति दिएको थियो।अनुमति पाएसँगै छलचित्रहरूले छायांकन तालिका निकाल्न थालेका छन्। विश्वकै ठूलो बजार रहेको बलिउड मार्चदेखि बन्द थियो। यतिबेला थुप्रै चलचित्र डिजिटल प्लेटफर्म मार्फत प्रदर्शनमा आएका छन्। सिनेमा घरमा प्रदर्शन मिति तय गरेका चलचित्रले अनिश्चितकालका लागि पोष्टपेण्ड भएका थिए।

">