प्रिज्मा-प्रिन्सीलाई खोसाखोस गर्दै सागर-मञ्जिल
काठमाडौं। गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

‘हुन्छ खोसाखोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत छ।

गीतको भिडिओमा सागर लम्साल, मञ्जिल बस्नेत, प्रिज्मा-प्रिन्सी खतिवडाको अभिनय छ।

राजीव समरको निर्देशन तथा कोरियोग्राफी रहेको भिडिओलाई रामकुमार केसीले खिचेका हुन्।

डान्सिङ शैलीमा रहेको गीतमा सागर-प्रिज्मा तथा मञ्जिल-प्रिन्सीलाई जोडीमा देखाइएको छ।

भद्रगोल तथा सक्किगोनीबाट म्युजिक भिडिओमा प्रवेश गरेका सागरको पछिल्लो समय चर्चा बढिरहेको छ।

त्यस्तै मञ्जिल तथा प्रिज्मा-प्रिन्सी टिकटकमार्फत् चर्चामा आएका हुन्।

चारैजनाले एकसाथ अभिनय गरेको यो दोस्रो पटक हो।

यसअघि ‘रनभुल’ बोलको गीतमा सँगै काम गरेका थिए। तर, प्रिज्मा-प्रिन्सीले सागरसँग भने थुप्रै भिडिओमा अभिनय गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्