काठमाडौं। भारतमा चलचित्र तथा टेलिभिजन कार्यक्रमको छायांकनका लागि अनुमति प्रदान गरिएको छ।
सूचना एवं प्रसारण मन्त्रालयले आज एक निर्देशिका जारी गर्दै चलचित्र र टेलिभिजन कार्यक्रम छायांकनका लागि अनुमति दिएको हो।
मन्त्री प्रकाश जावडेकरले सबै मापदण्ड पूरा गरेर मात्र छायांकनमा जानुपर्ने बताए।
स्ट्याण्ड अपरेटिङ प्रोसिजर (एसओपी) नाम दिइएको गाइडलाइनअनुसार अब छायांकनका लागि कलाकारसहित कर्मचारीले अनिवार्य मास्क लगाउने, ६ फिटको भौतिक दूरी कायम गर्ने जस्ता मापदण्ड तोकिएको छ।
गाइडलाइनअनुसार छायांकनमा जाने सबैलाई मास्क अनिवार्य गरेको छ। तर, क्यामेराअगाडि ‘फेस’ गर्दा भने मास्क अनिवार्य छैन।
त्यस्तै हरेक क्षेत्रमा ६ फिटको भौतिक दूरी कायम गर्नुपर्ने, मेकअप आर्टिस्ट, हेअर स्टायलिस्ट्सले पीपीई लगाउनुपर्ने, कमभन्दा कम कलाकारलाई सहभागी गराउनुपर्ने, एकआपसमा शेयर गर्नुपर्ने सामान समात्न हातमा अनिवार्य पञ्जा लगाउनुपर्नेलगायतका सुरक्षा सावधानी अपनाउनुपर्नेछ।
छायांकनका लागि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्नेछ। छायांकनस्थलमा कलाकारबाहेक दर्शकलाई प्रवेश अनुमति दिन पाइने छैन।
टिकट बुकिङ अनलाइन गर्नुपर्ने, बढी जाेखिम भएका कलाकारलाई छायांकनस्थलमा जान दिइने छैन।
" /> काठमाडौं। भारतमा चलचित्र तथा टेलिभिजन कार्यक्रमको छायांकनका लागि अनुमति प्रदान गरिएको छ।सूचना एवं प्रसारण मन्त्रालयले आज एक निर्देशिका जारी गर्दै चलचित्र र टेलिभिजन कार्यक्रम छायांकनका लागि अनुमति दिएको हो।

">