निर्मला पन्तप्रति समर्पित युनिक पोएटको नयाँ गीत 'बलात्कार'

काठमाडौं। चर्चित र्‍यापर युनिक पोएटले दुई वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई समर्पित गर्दै नयाँ गीत ‘बलात्कार’ सार्वजनिक गरेका छन्।

आफ्नै युट्युव च्यानलबाट आज बिहान ११ बजे प्रिमियर भएको यो गीतमा उनले एक महिला बलात्कृत घटनालाई उतारेका छन्।

आफैँले र्‍याप गाएको भिडिओसहित सार्वजनिक गरेका युनिक पोएटले यो गीतको सुरुआतमै दुई वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय मिलोस् ‘जस्टिस फर निर्मला) भनेका छन्।

निर्मलालाई नै समर्पित गरेको यो गीतको ‘डिस्कृप्सन’मा उनीमाथि भएको विभत्स अपराधको छोटो विवरण पनि राखिएको छ। भिडिओ ११ बजे सार्वजनिक गर्नुको उद्देश्य पनि उनीमाथि भएको बलात्कार र हत्याको समयलाई सङ्केत गरिएको छ।

‘२०१८ जुलाई २६ तारिख बिहान ११ बजे निर्मला साइकल चढेर गृहकार्य पूरा गर्नका लागि साथी रोस्नी बमको घरमा गएकी थिइन्। सरस्वती माविमा नौ कक्षामा पढ्दै गरेकी निर्मला भीमदत्त नगरपालिका कञ्चनपुरकी थिइन्। र, उनी कहिल्यै घर फर्किनन्,’ भिडिओको ‘डिस्कृप्सन’मा लेखिएको विवरण।

प्रिमियर भएको दुई घण्टा नबित्दै ४० हजारभन्दा धेरै पटक हेरिएको छ भने १५ हजारभन्दा बढीले लाइक गरेका छन्। त्यस्तै एक हजार २०० भन्दाबढी सकरात्मक प्रतिक्रिया छन्।

प्रतिक्रिया दिनुहोस्