सुशान्तकी पूर्व प्रेमिका रियालाई सीबीआईले कस्टडीमा लिन सक्ने
काठमाडौं। सुशान्तसिंह राजपूतको आत्महत्या मुद्दामा उनको परिवारको प्रतिनिधित्व गरिरहेका वकिल विकास सिंहले रिया चक्रवर्तीलाई सीबीआईले कस्टडीमा लिन सक्ने बताएका छन्।

“सुशान्तकी पूर्वप्रेमिका रियालाई सीबीआईले कस्टडीमा लिन सक्ने सम्भावना छ,” वकिल विकासले भने, “सुशान्तको आत्महत्या प्रकरणमा अनुसन्धानको विषयमा उनीहरूको सम्बन्धमा आधारित रहेर केही प्रश्न सोध्न उनलाई कस्टडीमा लिन सक्छ।”

हिन्दुस्तान टाइम्सले बताएअनुसार वकिल विकासले हालै बाहिरिएको निर्माता महेश भाट र रियाबीचको ह्वाट्सएप म्यासजेबारे पनि प्रतिक्रिया दिएका छन्।

उनीहरूबीच जुन ८ मा भएको च्याट बाहिरिएको थियो। त्यही दिन रियाले सुशान्तको घर छाडेकी थिइन्। त्यो म्यासेजमा उनी हिम्मत जुटाएर सुशान्तको घरबाट बाहिरिएको महेशलाई बताइरहेकी छिन्।

तर, उनले केही दिन अगाडि दिएको अभिव्यक्तिमा सुशान्तले घरबाट निस्किन भनेको बताएकी थिइन्। तर, महेशसँग च्याटमा उल्टो परिस्थिति बाहिर आएपछि उनलाई सोधपुछका लागि सीबीआईले कस्टडीमा लिन सक्ने विकासले बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्