वैदेशिक रोजगारीका पीडा भिडिओमा
हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
मरि हालें भने पनि नेपालमै मर्न पाउँ
आँखाभरि झल्किरहन्छ म जन्मेको गाउँ

धन कमाउने आशमा विदेशिएको एक युवाको विलौना हो यो। नेपालमा रोजगारी नपाएपछि साहुसँग ऋणधन गरेर एक युवा विदेश पुग्छ। वैदेशिक रोजगारमा उसले कस्ता दु:ख पाउँछ, त्यही विषयवस्तुलाई समेटेर पत्रकार अमरराज नहर्कीद्वारा रचित “बिरानो देश” को म्युजिक भिडिओ सार्वजनिक भएको छ।

विदेशमा बसेको छु म  परेर अलमल
निभेको छ मनको बत्ती झलमल
कसको छ र परदेशमा आउनलाई मन
रुदै रुदै आएको म कमाउनलाई धन

नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारी र युवाहरुको अवस्थाका बारेमा चित्रण गरेर गीत रचना गरिएको पत्रकार नहर्कीले जानकारी दिए।

“नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारीले रेमिट्यान्स त भित्र्याएको छ तर साथैमा हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरू पनि दिएको छ,” नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष एवं गोरखापत्र दैनिकका संवाददता नहर्कीले भने, “यस्तै सपनाहरू र चोटहरू मिसिएको कथालाई म्यूजिक भिडिओमार्फत् सार्वजनिक गरेका छौ।”

पत्रकार समुन्द्र पौडेलको निर्देशन रहेको गीतमा गायक नवराज थापाले आवाज दिएका छन्। भिडियोमा सुदीप पौडेल र पूजा केसीको अभिनय रहेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्