काठमाडौं। इन्द्रचोकको मन्दिर नजिकै एक व्यापारी आउँछन्। उनले हातमा नाम्लो बोकेर बसेका व्यक्तिलाई सामान लैजान अनुरोध गर्छन्। भरियाहरू पाइने ठाउँमा हातमा नाम्लो बोकेर बस्नेलाई अनुरोध गर्नु स्वभाविकै थियो। तर, ती व्यापारीले ‛रियल’ भरियाभन्दा ‛रिल’का भरियालाई अनुरोध गर्न पुगेका हुन्छन्। अर्थात भरियाको भेषमा नाम्लो समातेर बसेका व्यक्ति हुन्छन् कलाकार विपिन कार्की।
‛‘डर छैन’ बोलको म्यूजिक भिडिओका लागि उनी भरिया बनेका थिए। त्यसैबेला त्यहाँ पुगेका ती व्यापारीले साच्चिकै भरिया ठानेर विपिनलाई सामान बोकिदिन अनुरोध गरेका रहेछन्। जुन किस्सालाई विपिनले भरिया पात्रलाई जीवन्तता दिएको भनी चर्चा हुने गरेको छ।
सडक नाटक, थियटर हुँदै चलचित्र क्षेत्रमा स्थापित विपिन आजदेखि ३९ वर्षमा प्रवेश गरेका छन्। २०३९ भदौं ५ गते मोरङमा जन्मिएका उनी २०५६ मा एसएसलसी पास गरेर काठमाडौं आए अनि अध्यनसँगै अभिनयमा पनि लागे।

सीएमएको अपूरो पढाइ
काठमाडौं आएर विपिन दुई वर्षे सीएमए विषय पढ्न भर्ना भए। तर, पढाईप्रति त्यति धेरै मन नलाग्ने। उनले थ्योरी परीक्षा त दिए तर प्रयोगात्मक परीक्षा भने हापीदिए।
“मेरो मनले तँ कलाकार नै हो, त्यही बन्नुपर्छ भनिरहेको थियो। तर, स्वास्थ्यकर्मी बन्ने भनेर सीएमए पढ्न थालिएछ,” उनले भने। पढाईप्रति नै रूचि नजागे पनि उनले सीएमए अपूरै छाडेर रत्नराज्यमा आर्ट विषय लिएर पढ्न थालेका थिए।
अभिनयमा रूचि
सानो छदैं घर परिवारमा सांगीतक माहोल थियो। “दाई अर्जुन कार्की र कमलमणि नेपालले गाउँ घरमा आयोजना गर्ने कार्यक्रममा सहभागी गराउँथे। नाटक तथा विभिन्न कार्यक्रममा कहिँ न कतै मलाई सहभागी गराइन्थ्यो। त्यहीबाट ममा अनिभयको भूत चढ्यो,” विपिन सम्झन्छन्।
काठमाडौंमा उनले सुरुमा सडक नाटक गरे। सडक नाटकमा उनको व्यस्तता निकै बढ्यो। उनले झण्डै चार वर्ष सडक नाटकमै विताए। विपिन भन्छन्, “सडक नाटकबाट नै मैले अभिनय कसरी गर्ने ? नाटक के हो ? चलचित्र के हो ? जस्ता कुराहरूको ज्ञान पाउन थालिसकेको थिएँ।”
गुरूकूल शिक्षा
नाटकमा व्यस्त रहेकै समयमा उनले अभिनय सिक्न गुरूकूल शिक्षा लिने सोच बनाए। अनि २०६३ सालमा उनी गुरूकूलमा जोडिए।
गुरूकुलमा कमलमणी नेपाल, शुनिल पोखरेल थिए। उनीहरूले नै अभियन सिकाउँथे। अभिनय सिकेसँगै नाटक खेल्ने तयारीमा लागे। तर, कसैले रोल दिए पो ! रोल पाउन उनले सुनिललाई फकाउन थाले।
सुनिलले लेखेका स्क्रिप्टका डायलग बोल्ने र उनलाई सुनाउने गर्न थाले। तर, सुनिलले सुरुसुरुमा ‘तैंले एक्टिङ गरेर खाँदैनस्, त्यो सजिलो हुँदैन’ भन्ने जवाफ दिन्थे। पछि उनले नै विपनलाई मौका दिए। जुन अभियनको सुनिलले नै प्रशंसा गर्दै आएका छन्। अहिले भने सुनिल नै विपिनको तारिफ गर्नेमा सबैभन्दा अगाडि हुन्छन्।
“गुरूकूलमा करिब चार वर्षे कोर्ष गरेपछि त्यहीँ नै स्वयंसेवकका रुपमा काम गर्न थालें। त्यही क्रममा अभिनय खारिँदै गयो। मेरो ध्यान कथाले मागेको पात्रलाई कसरी बढी न्याय गर्न सकिन्छ भन्नेमा हुन्छ,” उनले भने, “गुरूकूलमा सिकेका स–साना कुराले पनि दीर्घकालसम्म फाईदा पुग्ने रहेछ। म म हुनुमा त्यसैको (गुरुकुलको) सिकाई नै मुख्य हो जस्तो लाग्छ।”
नाटकपछि चलचित्रमा
सधै एकनासका चलचित्र बनिरहेका थिए। दर्शकलाई भने फरक स्वाद चाहिएको थियो। दर्शकको रूचिलाई दयाहाङ राई, सौगात मल्लले केही हदसम्म पूरा गरिरहेका थिए।
उनीहरू अभिनित चलचित्र लूटले दर्शकलाई नयाँपन दियो। त्यसपछि भने दर्शकको रोजाईमा काल्पनिक भन्दा समाजलाई चित्रण गर्ने खालका चलचित्र नै पर्न थालेका थिए।
त्यही लूटमा उनी छोटो भूमिकामा देखिए। उनको अभियन चलचित्रकर्मीको रोजाईमा पर्न थाल्यो। दर्शकले पनि उनीहरुका चलचित्र मन पराउन थालिसकेको विपिनको बुझाई छ।

विपिन सधै नै अभिनयमा फरक गर्नुपर्छ भन्नेमा जोड दिन्थे। त्यसैले उनी त्यस्तै चलचित्रको खोजीमा लागे। र, उनले नाटकमा सिकेको अनुभवलाई चलचित्रको पात्रमा परिणत गरे। “नाटकबाट सिकेको अभिनयलाई मैले चलचित्रमा देखाएँ। त्यसैले होला दर्शकले मेरो अभियनलाई अलि फरक देख्नुभएको,” विपिनले भने।
विपिनको लोकप्रियता
लूटमा सानो भूमिका निभाएका विपिन अर्को चलचित्र ‘छड्के’ मा मूख्य भूमिकामा देखिए। ‘छड्के’ मा बिन्दु माझी पात्रको भूमिकामा उनले धेरैको मन जिते। त्यसपछि उनलाई विपिन भनेर चिनाउने अर्को चलचित्र आयो– पशुपति प्रसाद।
‘पशुपति प्रसाद’ मा ‘भष्मे डन’ को भूमिका उनको लागि यूटर्न बन्यो। दूब्लो पातलो शरीर, खौरिएको तालुमा कालो चश्मा, दिनभर पशुपति क्षेत्रमा क्यान्डिक्रस खेल्नमा व्यस्त हुने र जहाँ पनि उदण्ड मच्चाउने उनको भूमिका थियो। जुन निकै लोकप्रिय पनि बन्यो।
भष्मे डनकै कारण उनी चलचित्रमा स्टारडम बने। जात्रा, लूट–२, प्रसाद, गोपी, जात्रै जात्रामा पनि उनको भूमिका फरक थियो।जसका कारण उनलाई अन्य चलचित्रकर्मी भन्दा फरक श्रेणीमा राखिन्छ। “अभिनय गर्ने नै हो भने अरूको भन्दा फरक गर्नुपर्छ भन्ने हो। फाईट गर्दैमा, दुई÷चार जनालाई पिट्दैमा हिरो भइँदैन। कथाले मागेको पात्र अनुसार भूमिका निभाउनु नै हिरोइजम् हो,” विपिनले भने।
अभियन गर्ने रहर नै पूरा भएको छैन
विपिनले जति धेरै चलचित्रमा अभिनय गर्छन्, त्यति धेरै उनलाई रहर जाग्छ। “म त अभिनयकै लागि जन्मिएको हुँ। अभियनमा रहर पूरा भएको छैन,” उनले भने, “मलाई यतिधेरै अफर आइरहेको छ कि म चार वर्षको लागि त प्याक भइसके। त्यसले पनि कम्तीमा पनि पाँच वर्ष त अभिनय छोड्नै मिल्दैन,” उनले भने। त्यसपछि भने चलचित्रको निर्देशन गर्ने, निर्माताको काम गर्ने जस्ता विषयमा सोच्न सकिने उनको भनाइ छ।