मारिया क्यारी नयाँ एल्बम ‘द रेरिटीज’ लिएर आउँदै

एजेन्सी। कोरोना महामारीले अमेरिका थलिएको बेला गायिका मारिया क्यारी भने व्यस्त छिन्। उनको व्यवस्थता बढाएको हो नयाँ एल्बमको तयारीले।

हो, मारिया क्यारी अहिले नयाँ एल्बमको तयारीमा ब्यस्त बनेकी छन्। आउँदो अक्टोबरमा नयाँ एल्बम ‘द रेरिटीज’ बजारमा ल्याउने तयारी उनको छ।

नयाँ एल्बमको घोषणा उनी आफैले ट्वीटर मार्फत गरेकी हुन्। अक्टोबर २ का दिन एल्बममा बजारमा आउने उनले बताएकी छन्।

“मेरा फ्यानहरु यो (एल्बम) तपाईँको लागि हो,” मारिया क्यारीले भनेकी छन्, “यो खुसीयाली मनाउनको लागि हो। वर्षौदेखि मलाई माया र सहयोग प्रदान गर्नु भएकोमा तपाईँहरू सबैलाई धन्यावाद। म तपाईँहरुप्रति धेरै आभारी छु। मेरो नयाँ एल्बम द रेरीजीट अक्टोबर २ मा आउनेछ।”

नयाँ एल्बममा ३२ वटा गीतहरू रहने उनले जनाएकी छन्। एल्बममा समावेश गरिएका केही गीतहरु हालसम्म कतै सार्वजनिक नगरिएका पनि छन्।

लरेन हिलसँग मिलेर गाएको ‘सेभ द डे’ गीत पनि नयाँ एल्बममा समेटिएको छ। नयाँ एल्बममा मराया क्यारीका सबैभन्दा चर्चित गीतहरू पनि समावेश गरिनेछ। ‘अल्वेज वि माई बेबी’ र ‘हिरो’ जस्ता गीन पनि नयाँ एल्बममा सुन्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्