अक्षय कुमारले सुरु गरे 'बेल बटम'को छायाङ्कन

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारले चलचित्रको छायाङ्कन शुरू गरेका छन्। आगमी वर्ष प्रदर्शनमा आउने चलचित्र बेल बटमको छायाङ्कन गरिरहेको भिडिओसमेत सार्वजनिक गरेका छन्।

चलचित्रको छायाङ्कन का लागि उनी नायिका ट्विङ्कल खन्ना तथा दुई सन्तानलाई साथमा लगेर बेलायत गएका थिए। कोरोना संक्रमितको संख्या बढिरहेका बेला उनी चार्टर विमानमार्फत बेलायत गएका थिए।

बेल बटम निर्माण टीमले केही दिनदेखि छायाङ्कनका तस्बिर तथा भिडिओ सार्वजनिक गर्दै आएको छ। मुखमा मास्क नै लगाएर 'लाइट, क्यामेरा, एक्सन' भन्दै भिडिओ बनाएका हुन्। कठिन परिस्थितिमा पनि चलचित्रको छायाङ्कन शुरू भएको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको अक्षयले बताए।

अक्षय कुमार, लारा दत्ता, हुमा कुरैशी, वाणी कपूर लगायतका चलचित्र निर्माण समूह यतिबेला बेलायतमा छन्। बेलायत पुगेपछि उनीहरू १४ दिन क्वारेन्टिनमा बसेका थिए।

८० को दशकमा घटेको सत्य घटनामा आधारित रहेको निर्माण भइरहेको यो चलचित्रमा अक्षय एक स्पाईको भूमिकामा देखिनेछन्। उक्त चलचित्र कोरोना महामारी सहज भयो भने २ अप्रिल २०२१ मा प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्