चौतर्फी आलोचनापछि दुर्गेशले ल्याए अर्को गीत, ‘आलु जस्तो गायक’
काठमाडौं। गायक दुर्गेश थापाको अर्को गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको छ। स्वर, संगीतको ज्ञानबारे चर्चा भइरहेका बेला दुर्गेशले उक्त गीत ल्याएका हुन्।

यसअघि दुर्गेशले दुई वटा तीज गीत ल्याएका थिए। जुन विवादमा आए। चौतर्फी आलोचना तथा विवादमा आउन थालेपछि दुर्गेशले आफ्नो भोगाइबारे गीत बनाएका हुन्।

पल शाह, पुष्प खड्का, सारिका केसीसँगै दुर्गेश आफैंको अभिनय रहेको गीतमा उनले आफ्नो आमाले स्कूल नदेखेको र बुवाले गीत नलेखेको कुरा उल्लेख गरेका छन्।

बसन्त थापाको शब्द संगीत रहेको गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। यसअघि दुर्गेशले 'बिच्च बिच्चमा भाग दुई' र 'भाग तीन' ल्याएका थिए। जसमा उनले सारी लगाएर नाचेका थिए। जसका कारण उनको चर्को आलोचना भएको थियो।

दुर्गेशले भिडिओमा आफू ‘आलु जस्तो गायक’ गाएको देखाउन खोजेका छन्।

प्रतिक्रिया दिनुहोस्