अहिले घरभन्दा बाहिर निस्किन सक्ने अवस्था छैन। अहिलेसम्म अविवाहित सुनिता यसपाली भर्चुअल तीज मनाउने तयारीमा छिन्।
“भोलि अमेरिकाको डिसी, नयाँ दिल्ली र नेपालका विभिन्‍न ठाउँमा कार्यक्रम छन्। त्यसमा (भर्चुअल मिटिङ एप) जुम मार्फत सहभागी हुन्छु। अरू त घरमै बस्ने हो।” सुनिताले भनिन्।
तीज विशेष कार्यक्रमको स्टेजमा प्रत्यक्ष सहभागी हुनबाट यसवर्ष वञ्चित भएकी सुनिताले भर्चुअलमाध्यमबाट साथीसँग भेटघाट तथा सांगीतिक प्रस्तुती दिने बताइन्।
“जुम मार्फत भएपनि रमाइलो गरेर तीज मनाउन लागिरहेकी छु,” सुनिताले भनिन्।
प्रियंका कार्की (अभिनेत्री):
प्रियंका कार्की वैवाहिक बन्धनमा बाँधिएपछि पहिलो पटक तीज मनाउँदैछिन्। तर, कोरोना महामारीका कारण यसपालीको तीज उनका लागि हर्ष न विस्मात् झैँ बनेको छ।
गत वर्ष उनले माइतीमा आमाबुवासँगै बसेर दर खाएर तीज समेत मनाएकी थिइन्। तर, यसपाली भने श्रीमान् आयुष्मान देशराज जोशीसँगै मनाउँदैछिन्।
“गत वर्ष माइतमा मनाएकी थिए। यसपाली भने श्रीमानसँगै मनाउँदैछु," प्रियंकाले भनिन्, "तर, कुनै विषेश कार्यक्रम भने छैन्। कसरी कोरोना महामारीबाट जोगिने भन्ने नै ठूलो कुरा छ।”
कोरोना भाइरसको महामारी झन् बढिरहेका बेला घरका सदस्यहरू मात्र मिलेर तीज मनाउनुपर्ने उनी बताउँछिन्।
“बाँचियो भने तीज त मनाउँदै गरौंला। पहिला महामारीसँग जुधौं। त्यसका लागि सुरक्षित भएर बसौं,” प्रियंका भन्छिन्।
आँचल शर्मा (अभिनेत्री):
नायिका आँचल शर्माको पनि विवाहपछिको यो नै पहिलो तीज हो। गत वर्ष आमा, दिदीबहिनीसँग माइतीघरमै तीज मनाएकी आँचल यो वर्ष भने श्रीमान उदिप श्रेष्ठसँग छिन्। र, महामारीले श्रीमानसँगै तीज मनाउन आँचललाई बाध्य बनाएको छ।
“कोरोना महामारी कारण तीजका लागि कुनै विशेष कार्यक्रम छैन्। घरमै बसेर सुरक्षित भएर सामान्य तरिकाले मनाउँछौं,” आँचलले भनिन्, "तीज पर्व आफ्नो आस्थाअनुसार मनाउनुपर्छ। र, अनिवार्य मान्नै पर्छ भन्ने पनि छैन।"
आफ्नो इच्छा अनुसार नै तीज मनाउने वा नमनाउने स्वयम् व्यक्तिकै हातमा रहेको भन्दै उनले यो पटक तीजभन्दा महामारीसँग सुरक्षित हुनुपर्नेमा जोड दिइन्।
सुरक्षा पन्त (अभिनेत्री):
अभिनेत्री सुरक्षा पन्तलाई यतिबेला तीज भन्दा पनि कोरोनाबारे बढी चासो छ। तीजलाई भन्दा पनि कोरोनाबाट कसरी बच्ने भन्नेमा सबैले सचेत हुनुपर्ने उनको भनाई छ।
काठमाडौंमा आफ्नै डेरामा बसेर सामान्य तरिकाले तीज मनाउने उनले बताइन्। “मलाई त तीज भन्दा पनि कोरोना महामारी कहिले अन्त्य हुने? यसबाट आफू र अरूलाई पनि कसरी बचाँउने भन्ने ठूलो कुरा लागेको छ। बाँचियो भने यस्ता पर्व त मनाउँदै गरौंला नि,” उनले भनिन्।
सरिता लामिछाने (कलाकार):
कलाकार सरिताले यो वर्षको तीजमा घरको गेटभन्दा बाहिर खुट्टा पनि नराख्ने सोच बनाएकी छिन्। गत वर्ष आफन्त साथीभाई तथा विभिन्न कार्यक्रममा सहभागी भएर रमाइलो गरेकी सरिताले यो वर्ष भने कोरोना महामारीबाट बच्न घरमै चुप्प लागेर बस्ने बताइन्।
“शुद्ध तथा सफा मनले श्रीमान जीको दीर्घायूको कामना गर्ने र घरमै बसेर पूजा गर्ने योजना छ। यसपाली त घरको गेटभन्दा बाहिर नै खुट्टा नराख्ने सोच बनाएकी छु,” सरिताले भनिन्।
साथीभाईसँग टेलिफोनमा कुराकानी, भर्चुअल माध्यमबाट रमाइलो गर्नुपर्ने उनको भनाई छ।
"|कोरोना महामारीबाट बच्न हामी सबै घरभित्रै बस्नु र सरकारले जारी गरेको मापदण्ड पालना गर्नुको विकल्प छैन," उनले भनिन्, “यो वर्षको तीज घरमै परिवारका सदस्यबीच मात्र मनाऔं। धेरै भीडभाड नगरौं। कोरोनालाई पराजित गर्न सकियो भने अर्को वर्ष मनाउँला।”
अनिता चलाउने (गायिका):
गायिका अनिता चलाउनेले गत वर्षको तीज कोरियामा मनाइन्। यसपालीको तीजका लागि अस्ट्रेलियाका पाँच ठाउँमा कार्यक्रम थियो।
तर, सबै स्थगित भए। कारण उही कोरोना महामारी। र, उनी पनि यसपटको तीज घरमै बसेर मनाउने तयारीमा छिन्, गायिका चलाउने।
केही वर्षदेखि तीजमा सधैँ विदेशमा हुने कार्यक्रमको व्यस्तताले राम्रोसँग मनाउन पनि पाएकी थिइनन्। तर, यसपटक कोरोनाले घरपरिवारसँगै तीज मनाउने अवसर मिलाइ दियो।
“विगतका वर्षहरूमा विदेशमै कार्यक्रम हुन्थ्यो। त्यहीँ तीज मनाइन्थ्यो। कोरोना महामारीका कारण यो वर्ष भने परिवारका सदस्यसँग बसेर राम्ररी तीज मनाउँदैछु,” गायिका चलाउनेले भनिन्।
सानोमा उनी आमाको आग्रहमा मात्रै ब्रत बस्थिन्। तर, आफ्नो काममा व्यस्तता बढेपछि भने पूजा गरेपछि फलफूल खान सुरु गरिन्।
“ब्रतै भनेर पानी नै नखाई बस्न पनि सकिएन्। दिनभर कार्यक्रममा व्यस्त हुँदा त झनै त्यो सम्भव भएन। फलफूलसम्म खाएर बस्थेँ,” उनी भन्छिन्, “यो वर्ष भने निरहार ब्रत बस्ने सोचमा छु। हेराैं भोलिसम्म के हुन्छ। मनैदेखि तीज पर्वलाई निकै मानेकी छु। तर, व्यस्तताका कारण पुरै विधि पुर्‍याएर भने पूजा गर्न पाएकी छैन्।”
सरिता प्रजापति (गायिका):
पेसाले नर्ससमेत रहेकी गायिका सरिताले यसपाली बिरामीको सेवालाई बढी महत्त्व दिएकी छिन्।
"यसपाली तीजको दिन पनि काममै व्यस्त हुन्छु। कोरोना भाइरसको संक्रमण बढिरहेका बेला तीजभन्दा पनि बिरामीको सेवा महत्त्वपूर्ण छ," उत्साहित हुँदै उनी भन्छिन्, "गत वर्षको तीज भारतको रोहडुमा मनाएँ। एक कार्यक्रममा गएकी थिएँ।"
हरेक वर्ष तीज गीत निकाल्ने उनले यस वर्ष कोरोनाको महामारीका यसपाली गीत पनि निकालिनन्।
“एउटा स्वास्थ्यकर्मीका नाताले मेरो पहिलो कर्तव्य बिरामीको ज्यान जोगाउनु हो," उनी भन्छिन्, “त्यसैले मैले तीजका लागि गीत पनि निकालिँन्। सबै मिलेर पहिले महामारीलाई परास्त गराैं। त्यसपछि गीत पनि निकालाैंला, अनि तीज पनि धुमधामसँग मनाउँला नि।"
"> कोरोना कहरमा कलाकारको तीज: न रमाउन पाए न कमाउन: Dekhapadhi
कोरोना कहरमा कलाकारको तीज: न रमाउन पाए न कमाउन
तर, यो वर्षको कथा फेरिएको छ। कोरोना महामारीले तीजका धेरै कुरा त सम्भव नहुने भए। यद्यपि, मनाउनै नपाइने पनि होइन। बस्, मनाउने तरिका र स्थान फरक हुने भए।
जस्तो समय उस्तै परिवेश, अनि समयअनुसार तीज मनाउने तयारी पनि। चाडपर्वमा धेरै जसो नेपाली कलाकार विदेशमा हुन्छन्। झन् तीजमा त प्राय कोही पनि गायिका वा नायिका घरमा विरलै होलान्। तर, यसवर्ष उनीहरू घरमै छन्। अनि तीज पनि घरमै मनाउने तयारी छ।
सुनिता दुलाल (गायिका):
गायिका सुनिता दुलाल गत वर्षको तीजमा जापानमा थिइन्। र, उनले तीज पनि उतै मनाइन्। तीज सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुँदै उनी जापान पुगेकी थिइन्।
विगत केही तीज नेपाल बाहिरै मनाएकी उनी यसपटक आफ्नै घरमा मनाउने तयारीमा छिन्। तर, यस पटक पनि घरमा तीज मनाउने उनको तयारी होइन। यो त कोरोना महामारीले सिर्जना गरेको वातावरणको परिणाम हो।
अहिले घरभन्दा बाहिर निस्किन सक्ने अवस्था छैन। अहिलेसम्म अविवाहित सुनिता यसपाली भर्चुअल तीज मनाउने तयारीमा छिन्।
तीज विशेष कार्यक्रमको स्टेजमा प्रत्यक्ष सहभागी हुनबाट यसवर्ष वञ्चित भएकी सुनिताले भर्चुअलमाध्यमबाट साथीसँग भेटघाट तथा सांगीतिक प्रस्तुती दिने बताइन्।
“जुम मार्फत भएपनि रमाइलो गरेर तीज मनाउन लागिरहेकी छु,” सुनिताले भनिन्।
प्रियंका कार्की (अभिनेत्री):
प्रियंका कार्की वैवाहिक बन्धनमा बाँधिएपछि पहिलो पटक तीज मनाउँदैछिन्। तर, कोरोना महामारीका कारण यसपालीको तीज उनका लागि हर्ष न विस्मात् झैँ बनेको छ।
गत वर्ष उनले माइतीमा आमाबुवासँगै बसेर दर खाएर तीज समेत मनाएकी थिइन्। तर, यसपाली भने श्रीमान् आयुष्मान देशराज जोशीसँगै मनाउँदैछिन्।
“गत वर्ष माइतमा मनाएकी थिए। यसपाली भने श्रीमानसँगै मनाउँदैछु," प्रियंकाले भनिन्, "तर, कुनै विषेश कार्यक्रम भने छैन्। कसरी कोरोना महामारीबाट जोगिने भन्ने नै ठूलो कुरा छ।”
कोरोना भाइरसको महामारी झन् बढिरहेका बेला घरका सदस्यहरू मात्र मिलेर तीज मनाउनुपर्ने उनी बताउँछिन्।
“बाँचियो भने तीज त मनाउँदै गरौंला। पहिला महामारीसँग जुधौं। त्यसका लागि सुरक्षित भएर बसौं,” प्रियंका भन्छिन्।
आँचल शर्मा (अभिनेत्री):
नायिका आँचल शर्माको पनि विवाहपछिको यो नै पहिलो तीज हो। गत वर्ष आमा, दिदीबहिनीसँग माइतीघरमै तीज मनाएकी आँचल यो वर्ष भने श्रीमान उदिप श्रेष्ठसँग छिन्। र, महामारीले श्रीमानसँगै तीज मनाउन आँचललाई बाध्य बनाएको छ।
“कोरोना महामारी कारण तीजका लागि कुनै विशेष कार्यक्रम छैन्। घरमै बसेर सुरक्षित भएर सामान्य तरिकाले मनाउँछौं,” आँचलले भनिन्, "तीज पर्व आफ्नो आस्थाअनुसार मनाउनुपर्छ। र, अनिवार्य मान्नै पर्छ भन्ने पनि छैन।"
आफ्नो इच्छा अनुसार नै तीज मनाउने वा नमनाउने स्वयम् व्यक्तिकै हातमा रहेको भन्दै उनले यो पटक तीजभन्दा महामारीसँग सुरक्षित हुनुपर्नेमा जोड दिइन्।
सुरक्षा पन्त (अभिनेत्री):
अभिनेत्री सुरक्षा पन्तलाई यतिबेला तीज भन्दा पनि कोरोनाबारे बढी चासो छ। तीजलाई भन्दा पनि कोरोनाबाट कसरी बच्ने भन्नेमा सबैले सचेत हुनुपर्ने उनको भनाई छ।
काठमाडौंमा आफ्नै डेरामा बसेर सामान्य तरिकाले तीज मनाउने उनले बताइन्। “मलाई त तीज भन्दा पनि कोरोना महामारी कहिले अन्त्य हुने? यसबाट आफू र अरूलाई पनि कसरी बचाँउने भन्ने ठूलो कुरा लागेको छ। बाँचियो भने यस्ता पर्व त मनाउँदै गरौंला नि,” उनले भनिन्।
सरिता लामिछाने (कलाकार):
कलाकार सरिताले यो वर्षको तीजमा घरको गेटभन्दा बाहिर खुट्टा पनि नराख्ने सोच बनाएकी छिन्। गत वर्ष आफन्त साथीभाई तथा विभिन्न कार्यक्रममा सहभागी भएर रमाइलो गरेकी सरिताले यो वर्ष भने कोरोना महामारीबाट बच्न घरमै चुप्प लागेर बस्ने बताइन्।
“शुद्ध तथा सफा मनले श्रीमान जीको दीर्घायूको कामना गर्ने र घरमै बसेर पूजा गर्ने योजना छ। यसपाली त घरको गेटभन्दा बाहिर नै खुट्टा नराख्ने सोच बनाएकी छु,” सरिताले भनिन्।
साथीभाईसँग टेलिफोनमा कुराकानी, भर्चुअल माध्यमबाट रमाइलो गर्नुपर्ने उनको भनाई छ।
"|कोरोना महामारीबाट बच्न हामी सबै घरभित्रै बस्नु र सरकारले जारी गरेको मापदण्ड पालना गर्नुको विकल्प छैन," उनले भनिन्, “यो वर्षको तीज घरमै परिवारका सदस्यबीच मात्र मनाऔं। धेरै भीडभाड नगरौं। कोरोनालाई पराजित गर्न सकियो भने अर्को वर्ष मनाउँला।”
अनिता चलाउने (गायिका):
गायिका अनिता चलाउनेले गत वर्षको तीज कोरियामा मनाइन्। यसपालीको तीजका लागि अस्ट्रेलियाका पाँच ठाउँमा कार्यक्रम थियो।
तर, सबै स्थगित भए। कारण उही कोरोना महामारी। र, उनी पनि यसपटको तीज घरमै बसेर मनाउने तयारीमा छिन्, गायिका चलाउने।
केही वर्षदेखि तीजमा सधैँ विदेशमा हुने कार्यक्रमको व्यस्तताले राम्रोसँग मनाउन पनि पाएकी थिइनन्। तर, यसपटक कोरोनाले घरपरिवारसँगै तीज मनाउने अवसर मिलाइ दियो।
“विगतका वर्षहरूमा विदेशमै कार्यक्रम हुन्थ्यो। त्यहीँ तीज मनाइन्थ्यो। कोरोना महामारीका कारण यो वर्ष भने परिवारका सदस्यसँग बसेर राम्ररी तीज मनाउँदैछु,” गायिका चलाउनेले भनिन्।
सानोमा उनी आमाको आग्रहमा मात्रै ब्रत बस्थिन्। तर, आफ्नो काममा व्यस्तता बढेपछि भने पूजा गरेपछि फलफूल खान सुरु गरिन्।
सरिता प्रजापति (गायिका):
पेसाले नर्ससमेत रहेकी गायिका सरिताले यसपाली बिरामीको सेवालाई बढी महत्त्व दिएकी छिन्।
"यसपाली तीजको दिन पनि काममै व्यस्त हुन्छु। कोरोना भाइरसको संक्रमण बढिरहेका बेला तीजभन्दा पनि बिरामीको सेवा महत्त्वपूर्ण छ," उत्साहित हुँदै उनी भन्छिन्, "गत वर्षको तीज भारतको रोहडुमा मनाएँ। एक कार्यक्रममा गएकी थिएँ।"
हरेक वर्ष तीज गीत निकाल्ने उनले यस वर्ष कोरोनाको महामारीका यसपाली गीत पनि निकालिनन्।
“एउटा स्वास्थ्यकर्मीका नाताले मेरो पहिलो कर्तव्य बिरामीको ज्यान जोगाउनु हो," उनी भन्छिन्, “त्यसैले मैले तीजका लागि गीत पनि निकालिँन्। सबै मिलेर पहिले महामारीलाई परास्त गराैं। त्यसपछि गीत पनि निकालाैंला, अनि तीज पनि धुमधामसँग मनाउँला नि।"
प्रतिक्रिया दिनुहोस्