‘सिन्ड्रेला’को छायांकनको लागि काबेलो बेलायत फर्कँदै
काठमाडाैं। जेम्स कर्डेनको ‘सिन्ड्रेला’ रिमेकको छायांकनको लागि आफू बेलायत फर्कन लागेको केमिला काबेलो बताएकी छन्।

‘सिन्ड्रेला’को सेट बेलायतमा तयार पारिएको छ। उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत यसको खुलासा गरेकी हुन्।

“म यो फिल्मलाई धेरै मन पराउँछु। यसमा अभिनय गर्न पाउँदा मलाई गर्व लागेको छ,” काबेलोले भनेकी छन्।

गत मार्चबाट छायांकन शुरु गर्ने भनिएको सिन्ड्रेलाको सुटिङ कोरोना महामारीका कारण स्थगन गरिएको थियो। फिल्ममा उनी सिन्ड्रेलाको भूमिकामा देखिँदै छिन्।

फिल्लमा कर्डेन, मिन्नी ड्राइभर, इडिना मेनजेल, निकोलस गालिट्झिन्, बिली पोर्टर, जोन मुलानी, मिसी एलीट र पियर्स ब्रोस्नानले पनि अभिनय गर्नेछन्।

फिल्मलाई के क्याननले निर्देशन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्