सुरेश ढुंगानाको ‘बाबा’
काठमाडौं। गायक सुरेश ढुंगानाको गीत ‘बाबा’ सार्वजनिक भएको छ।

बुबाको मुख हेर्ने दिनको अवसर पारेर सो गीत सार्वजनिक गरिएको हो।

यसको शब्द कुमार खत्रीले लेखेका हुन्।

म्युजिक सत्य–स्वरूप, अरेन्ज आमोश तामाङ, रेकर्डिङ/मिक्सिङ कृष्ण महर्जनको रहेको छ।

यसमा कमलमणि नेपाल, सागर दाहाल र बालकलाकार सूर्य देवकोटाको अभिनय छ।

क्यामरामा बुद्ध थापा, सम्पादन विष्णु खड्काले गरेका हुन् भने पोष्ट प्रोड्रक्सन लक्ष्मी बर्द्धेवा र जीवन भट्टराईको रहेको छ।

भिडिओमा बाबाले छोरालाई हुर्काउन गरेको संघर्ष देखाइएको छ।

गायक ढुंगानाले भने, “बाबाको समर्पण र योगदानका बारेमा जति लेखिनुपर्ने हो, जति गाइनु पर्ने हो त्यो अत्यन्तै कम छ।”

एउटा बाबुले आफ्नो सन्तानलाई हुर्काउन के सम्म गर्न सक्छ भन्ने देखाउन यो गीत ल्याइएको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्